हजयात्रीहरुलाई नेपाल सरकारका मन्त्रीहरुद्वारा विदाई

ईस्लाम धर्मावलम्वीहरुको पवित्र स्थल साउदी अरवको मक्का मदिनामा हजको लागि पहिलो चरणमा जाने १५६ जना हजयात्रीहरुलाई नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा , परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गनुभयो । त्यस अवसरमा गृहमन्त्री थापाले नेपाल धर्मनिरपेक्ष मुलुक भएकोले राज्यले सबै धर्म संस्कृतिलाई समान व्यवहार गरेको बताउनुभयो । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले विगत आठ वर्षदेखि सरकारको व्यवस्थापनमा हजका लागि हजयात्रीहरु साउदी अरवको मक्कामदिना गइरहेको र यो वर्ष १,२६० जना जति हजयात्रीहरु हजका लागि मक्कामदिना जाने बताउनुभयो । मक्कामदिनामा संसारभरका ईस्लाम धर्मावलम्वीहरु हज गर्न जाने गर्छन् ।