सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन ग-यो राष्ट्रिय सहकारी महासंघ लि. ले आह्वान

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन राष्ट्रिय सहकारी महासंघ लि.ले राष्ट्रिय सहकारी बैंक लि. , विषयगत केन्द्रीय सहकारी संघहरु र जिल्ला सहकारी संघ , जिल्ला स्तरीय सहकारी संघहरु र प्रारम्भिक सहकारी संस्थाहरुलाई आह्वान गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडाल गर्नु भएको आह्वान यस प्रकार छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपाल सरकारबाट २०७६ श्रावण १ गतेदेखि कार्यान्वयनमा ल्याएकोे व्यहोरा सवैमा विदितै छ । औषधि उपचार तथा स्वास्थ्य , मातृत्व , दुर्घटना , असक्तता , वृद्धअवस्था , आश्रित परिवार , वेरोजगार सहायता लगायतका सुरक्षा योजनाहरूबाट लाभान्वित हुन सक्ने उक्त कोषमा यस राष्ट्रिय सहकारी महासंघ लि. , नेपाल लगायत कतिपय सहकारी संघ/संस्थाहरू सूचीकृत भइसकेको व्यहोरा सहर्ष जानकारी गराउन चाहान्छौं । यसै सन्दर्भमा कतिपय सहकारी संघ/संस्थाहरू अझ पनि सूचीकृत नभईसकेको वुझिएको र नेपाल सरकारले सूचीकृत नभएका रोजगारदाताका लागि २०७६ आश्विन मसान्तसम्म समयावधि थप गरेको हुदा यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम “मर्यादित कामका लागि सहकारी” लाई समेत सार्थक वनाउन उक्त सामाजिक सुरक्षा कोषमा सूचीकृत भई लाभान्वित हुन राष्ट्रिय सहकारी बैंक लगायत सम्पूर्ण विषयगत केन्द्रीय सहकारी संघहरू , जिल्लास्तरीय सहकारी संघहरू तथा प्रारम्भिक सहकारी संघ/संस्थाहरूलाई हार्दिक आव्हान गर्दछौं ।
विस्तृत जानकारीका लागि सामाजिक सुरक्षा कोष नेपालको कार्यालय ववरमहल, काठमाडौं फोन नं. ०१—४२५६१४४ र ०१—४२५६३१५ मा सम्पर्क गर्न हुन समेत अनुरोध गर्दछौं ।