छहारी साकोसका शेयर सदस्य ३,५०२ जना

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ , गाम्चा चोकमा आफ्नै भवनबाट सदस्यहरुलाई सेवा र सुविधा प्रदान गरिरहेको छहारी बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य २०७६ मसान्तसम्म ३,५०२ जना पुगेको सो संस्थाका अध्यक्ष कृष्णहरि खड्काले सहकारी सञ्जाललाई बताउनुभयो । ८ वर्ष अगाडि स्थापना भएको सो संस्थाले ‘सन्तुष्ट सदस्य , बिश्वासको कारोबार ,
सुरक्षित भबिष्य , छहारी परिवार’ भन्ने नीति अनुरुप आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेको उक्त संस्थाको भनाई छ । आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको त्यस संस्थाले समय – समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

 

Leave a Reply