सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. को आयोजनामा बृहत रक्तदान हुँदै

0 Shares

ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. ले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा  बृहत रक्तदान कार्यक्रम गरिरहेको छ ।

सो संस्थाको केन्द्रीय कार्यालय पुल्चोक परिसरमा आज विहान ८ बजेबाट शुरु भएको रक्तदान कार्यक्रम दिउशो २ बजेसम्म चल्ने आयोजकको भनाई छ । आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा सो संस्थाले हिजो सरसफाई ग-यो भने उक्त संस्थाद्वारा सञ्चालित सुमेरु अस्पताल , धापाखेल , ललितपुरले २जना मृगौला विरामीको नि:शुल्क मृगौला प्रत्यारोपण गरेको सो अस्पतालले बताएको छ ।

उक्त संस्थाको केन्द्रीय कार्यालयको अतिरिक्त काठमाडौंको कालीमाटी , भक्तपुरको गट्ठाघर र ललितपुरको धापाखेलमा सदस्य सेवा केन्द्र तथा सुमेरु अस्पताल , सुमेरु मार्ट , एसियन कलेज सहित १३ वटा कम्पनी र  प्रतिष्ठान सञ्चालन गरिरहेको छ ।

 

Leave a Reply