अबको केही दिन नेपालमा कम वर्षा हुने !

नेपालको तराईको आकाशमा रहेको मनसुनी न्युन चापीय रेखा दक्षिणतर्फ सरेकोले अबको केही दिन नेपालमा कम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सेप्टेम्बरको तेस्रो सातासम्म नेपालमा रहने मनसुनी न्युन चापीय रेखा कहिले सक्रिय र कहिले कमजोर भइरहने मौसमविदहरु बताउछन् ।
यस वर्ष नेपालमा ढिलो गरी मनसुन शुरु भएपनि आकस्मिक रुपमा एक्कासि भीषण बर्षा हुँदा बाढी र पहिरोबाट १०० जना भन्दा बढीको ज्यान गयो भने ठूलो परिमाणमा धनको क्षति भएको छ । तराईमा बाढीका कारण तराईका धेरै स्थान जलमग्न भए । जसले धेरै सम्पति नोक्सानी भयो भने धेरै मानिस विस्थापित भए । भारतले दशगजा क्षेत्रमा निर्माण गरेका भौतिक संरचनाहरुका कारण धेरै नेपाली भूमि बुवानमा परेको र बाटो , पुल जस्ता संरचना बिग्रिएको देखिएको छ ।