प्रा.डा. गोविन्द के.सी.द्वारा रौतहटका बाढी प्रभावित विरामीहरुको स्वास्थ्य परीक्षण

स्वास्थ्य क्षेत्रको सुधारको लागि अभियान सञ्चालन गरिरहनु भएका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी.ले रौतहट जिल्लाको बाढी प्रभावित क्षेत्रका विरामीहरुको अस्ती र हिजो स्वास्थ जाँच गर्नुभयो । काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्रा. डा. के.सी. लेरौतहट जिल्लाको भावित ईशनाथ नगरपालिकाको बन्जरहा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुको सहयोग पाउनु भएका उहाँले १४० जना विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको जानकारी प्राप्त भएको छ ।
बाढी प्रभावित क्षेत्रका बस्तीमा दूषित पिउने पानी र सरकारको प्रभावित उपस्थिति नदेखेपछि असन्तुष्टि व्यक्त गर्दै उहाँले बाढी प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति हुनु पर्नेमा जोड दिनु भएको बताइएको छ ।