विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ईञ्चार्ज माइला लामा पक्राउ

0 Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ईञ्चार्ज तथा अघिल्लो संविधानसभा सदस्यका उम्मेद्वार माइला लामालाई गएको मध्यरातमा काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । दर्जनौँ जनवादी गीत गाउनुका साथै संगीत भर्नु भएका लामा नेकपा (माओवादी) विभाजन नहुँदा सम्म सो दलको जनसांस्कृतिक महासंघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँको साथबाट मोवाइल , तथा सो दलका राजनीति दस्तावेज भेटिएको बताइएको छ । उहाँसँगै रेशम तामाङ पनि पक्राउ परेको बताइएको छ । काठमाडौंको अनामनगर लगायतका स्थानमा भएका वम विष्फोट लगायतका घटनामा उहाँको सम्लग्नता रहेको प्रहरीको आरोप देखिन्छ ।

वर्तमान ओली सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको वार्ताको चर्चा चलिरहेको बेला माइला लामालाई प्रहरीले पक्राउ गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply