२०७६ साउन १६ र १७ गते नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिलाई ७ प्रदेश मै प्रशिक्षित गर्ने

0 Shares

प्रमुख प्रतिपक्षी दल नेपाली  काँँग्रेसको केन्द्रीय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको  बैठकले देशका सातै प्रदेशमा २०७६ साउन १६  र १७ गते सो पार्टीका महाधिवेशन प्रतिनिधिका लागि १२ स्थानमा  प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । भूतपूर्व मन्त्री तथा नेपाली काँँग्रेसका उपसभापति एवं सो प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा आज ललितपुरको सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बसेको  बैठकले राष्ट्रिय योजना आयोगका भू.पू. उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल संयोजक र डा. आरजू देउवा , हरिहर विरही , राजु नेपाल र प्रशिष महरा सदस्य रहेको उक्त प्रतिष्ठानको आधारभूत पाठ्यक्रम निर्माण समिति , तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति , खीलानाथ दाहाल संयोजक  र  सुभाष पोखरेल , डा. प्रभु बुढाथोकी , भद्रा पराजुली भण्डारी , कमला लामिछाने , भगिरथ पोदार र योगराज शर्मा कँडेल सदस्य रहेको स्रोत व्यवस्थापन समिति गठन गरेको छ भने उक्त दलको तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका लागि राष्ट्रिय प्रशिक्षण कार्यक्रम २०७६ साउनभित्रै काठमाडौंमा गर्ने निर्णय समेत गरेको सो दलको केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a Reply