हेटौडा साकोसका शेयर ४,५७६ जना

0 Shares

हेटौंडा उप-महानगरपालिका – ७ , हेटौडामा सञ्चालन भइरहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा  सो  संस्थाको सभाहलमा २०७६ साउन ४ गते उक्त संस्थाको आर्थिक वर्ष २०७५/०७६ को समीक्षा र आर्थिक वर्ष २०७६/०७७ नीति , कार्यक्रम र बजेट सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा सो संस्थाका प्रबन्धक रामशरण गौतमले उक्त संंस्थाको आर्थिक वर्ष २०७६/०७७ को रु १ अर्व ४४ करोड ६ लाख ६५ हजार ७५ रुपैयाको अनुमानित बजेट पेश गर्नुभएको थियो ।

२०५६ सालमा स्थापना भएर आफ्नै भवनबाट सञ्चालन भइरहेको सो संस्थामा २,७१० महिला र १,८६६ पुरुष गरी  जम्मा ४,५७६ जना शेयर सदस्य , रु. ३ करोड ५४लाख ४५ हजार २०० शेयर पूँजी  , रु २८ करोड ९९ लाख ४५ हजार ०१३ कूल बचत , रु.३३ करोड ४९ लाख १९ हजार ८२९ कर्जा लगानी रहेको र यो बर्षबाट संस्थाका सदस्यलाई गम्भीर प्रकृतीको रोग लागेकामा उपचारार्थ रु १०,००० सम्म सहयोग गर्ने यस संस्थाको नीति रहेको प्रवन्धक गौतमको भनाई थियो ।  संस्थाले सुत्केरी खर्च , आकस्मिक उपचार , ३६५ दिने बैकिङ सेवा र जेष्ठ नागरिक तीर्थयात्रा कार्यक्रम सञ्चालन गरिरहेको उक्त संस्थाका  कोषाध्यक्ष विजयबहादुर बस्नेतले बताउनुभयो भने त्यस संस्थाकी उपाध्यक्ष साबित्री अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको हेटौडाबाट प्राप्त समाचारमा जनाइएको छ।

Leave a Reply