नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत सहितको स्थिरीकरण कोष सञ्चालन समितिले स्थिरीकरण कोष सञ्चालन कार्यविधि , २०७६ को प्रस्तावित मस्यौदा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली समक्ष स्वीकृतिका लागि पेश

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.  (नेफ्स्कून) का अध्यक्ष डी.बी. बस्नेत सहितको स्थिरीकरण कोष सञ्चालन समितिको टोलीले स्थिरीकरण कोष सञ्चालन कार्यविधि ,२०७६ को  प्रस्तावित मस्यौदा एक समारोहका वीच भूमि व्यवस्था , सहकारी तथा गरिवी मन्त्रालयका सचिव गोपीनाथ मैनाली समक्ष स्वीकृतिका लागि पेश गरेको छ । 

स्थिरीकरण कोष सञ्चालन कार्यविधि , २०७६ को प्रस्तावित मस्यौदा ग्रहण गर्दै भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव मैनालीले स्थिरीकरण कोष सञ्चालन  नेपालका लागि पहिलो अभ्यास हुने हुँदा केही अन्य देशहरुका अनुभव र सहकारी ऐन , नियमको प्रावधान हेरेर यो कार्यविधिलाई छिट्टै अन्तिम स्वरुप दिई जारी गरिने बताउनुभयो । त्यस अवसरमा सो मन्त्रालयका सहकारी हेर्ने कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
सहकारी ऐन , २०७४ र सहकारी नियमावली ,२०७५ ले दिएको अधिकार भित्र रहेर गठित  स्थिरीकरण सञ्चालन समितिले हिजो दफावार छलफल गरी स्थिरीकरण कोष सञ्चालन कार्यविधि , २०७६ को  प्रस्तावित मस्यौदा स्वीकृतीका लागि भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

 

 

 

 

 

 

Leave a Reply