नेफ्स्कूनद्वारा स्थिरीकरण कोष सञ्चालन कार्यविधि तयार

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि.(नेफ्स्कून) को स्थिरीकरण कोष सञ्चालन समितिको हिजो नेफ्स्कूनको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बसेको दोस्रो बैठकले  स्थिरीकरण कोष सञ्चालन कार्यविधि २०७६ को मस्यौदा उपर दफावार छलफल गरी स्वीकृतीका लागि भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गर्ने निर्णय गरेको नैफ्स्कून केन्द्रीय कार्यालयले जनाएको छ

नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत , भूमि व्यवस्था , सहकारी  तथा गरिवी निवारण मन्त्रालय , अर्थ मन्त्रालय , नेपाल राष्ट्र बैंक , सहकारी विभाग , राष्ट्रिय सहकारी विकास बोर्ड , राष्ट्रिय सहकारी महासंघ लि. , राष्ट्रिय सहकारी बैंक लि.का प्रतिनिधिहरु रहेको स्थिरीकरण कोष सञ्चालन समिति क्रियाशील छ , जसको सदस्य सचिवमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा हुनुहुन्छ ।

सहकारी ऐन ,२०७४ र नियमावली , २०७५ ले दिएको अधिकार भित्र रहेर नेेेफ्स्कूनले साकोस अभियानको सुरक्षा र स्थायित्वका लागि  स्थिरीकरण कोष सञ्चालनको नीतिगत तयारीमा लागिरहेको जनाइएको छ ।

Leave a Reply