२०७६ असार मसान्तसम्म यशोधर साकोसको कूल कारोवार रु. ७,६३,६१,२६४

ललितपुरको बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि. को २०७६ असार मसान्तसम्म शेयर सदस्य ४४८ जना , शेयर पूँजी रु. ५४ लाख ८० हजार , निक्षेप संकलन रु. ६ करोड ११ लाख ३७ हजार ५ सय ७७ , कर्जा प्रवाह रु. ५ करोड ७३ लाख ४२ हजार ८ र कूल कारोवार रु. ७ करोड ६३ लाख ६१ हजार २ सय ६४ रहेको सो संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँका अनुसार सो संस्थाको आयोजनामा २०७६ असार २० , २१ , २२ , २४ र २८ गते ५ वटा कार्यक्रम सम्पन्न भयो । जस अनुसार सो संस्थाको जेष्ठ नागरिक उप-समितिको आयोजनामा असार २० गते ललितपुरको गोदावारीमा रहेको टौखेल विहारमा
उक्त संस्थाका सदस्य रहेका ४० जना जेष्ठ नागरिकहरुलाई भ्रमण गराएको थियो भने सोही संस्थाको आयोजना र यशोधर महिला समूह बुबाहाल , ललितपुरको व्यवस्थापनमा असार २१ गते ललितपुरको बुबाहालमा रहेको यशोधर महाविहार सरसफाई
गर्नुका साथै उक्त संस्थाको धार्मिक तथा सांस्कृतिक उप-समितिको नेतृत्ववमा असार २२ गते नामसङ्गती पाठ तथा ज्ञानमाला भजन
कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी असार २४ ग ते उक्त संस्थाको महिला उप-समितिको नेतृत्वमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक सचेतना कार्यक्रम सम्पन्न भयो । जसमा सो संस्थाका ५० जना महिला सदस्यहरुको सहभागिता रहेको थियो। त्यस्तै असार २८ गते सोही संस्थाको शिक्षा उप- समितिको नेेेतृत्वमा वाल चित्रकला कार्यक्रम सम्पन्न भयो ।
त्यस कार्यक्रममा २४ जना वाल कलाकारहरुको सहभागिता रहेको थियो ।