मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्न मन्त्रीपरिषदले दियो स्वीकृति दियो

0 Shares

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले २०७६ साउन ६ गते बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको बताउनुभएको छ ।

सो बैठकले जल तथा उर्जा आयोगको सचिवालय वका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा र शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा ग-यो भने नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त ग-यो ।

त्यस बैठकले नागरिक उडड्यन प्राधिकरण ऐन र  नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक  स्वीकृति दियो भने राष्ट्रिय परिचय -पत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड , चिप्स र प्रणालीमा राखी परिमार्जन गर्नुका साथै सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वको राजनीतिक वार्ता टोलीले बुझाएको प्रतिवेदन कार्वाहीका लागि गृह मन्त्रारयमा लेखी पठाउने निर्णय गरेको बताइएको छ । उक्त बैठकले विभिन्न आयोजना सञ्चालनकाका लागि श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७२६ , बन तथा वातावरण मन्त्रालयमा ५० र खानेपानी मन्त्रालयमा २१३ राजपत्रांकित अस्थायी दरवन्दी व्यवस्था गर्ने निर्णय ग-यो भने नेपाल बन्दरगाह    प्राधिकरण सम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिएको जनाइएको छ ।

Leave a Reply