नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कूल विभागको किचलो कायमै

0 Shares

सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र स्कूल विभागको किचलो बढिरहेको छ । सो दलका स्थायी समिति सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले सो पदमा दावी गरेका कारण त्यस विभागले पूर्णता पाउन सकेको छैन ।  दुवै नेताले  उक्त विभागमा आफ्नो दावी छाढ्नु भएको छैन । यता सोही दलका नेताद्वय घनश्याम भुषाल र बेदुराम भुषालले पनि सो विभागमा आ-आफ्नो दावी रहेको विचार सञ्चार माध्यममा सार्वजनिक गरिरहनु भएको छ । यसका कारण १४ महिना अघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माके) बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपनि सो पार्टी एकताले पूर्णता प्राप्त गर्न सकेको छैन भने पूर्व नेकपा (माके) का नेता श्रेष्ठ र पूर्व नेकपा (एमाले) नेतात्रय पोखरेल तथा भुषालद्वय मध्ये कसले सो विभाग पाउने हो अनि त्यसपछिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यात्रा कसरी अगाडि बढ्छ भनेर धेरैले नजिकबाट नियाली रहेको देखिएको छ ।

Leave a Reply