चैनपुर सरोकार मञ्चमा ९ जना सदस्य थपिए

0 Shares

यही साउन ४ गते शंखुवासभा जिल्लाको चैनपुरबाट काठमाडौं उपत्यकामा आएर पेशा , व्यवसाय र अध्ययन गरिरहेका चैनपुरेहरुले बनाएको चैनपुर सरोकार मञ्चको संयोजन समितिको हिजो भक्तपुरको लोहकन्थलीस्थित खरी चौतारोमा बसेको विस्तारित बैठकले कर्णबहादुर कार्की र हरिबहादुर के.सी. लाई सल्लाहकार र प्रकाश भट्टराई , गोविन्द भट्टराई , दीनेश श्रेष्ठ , रेनुका कटुवाल कार्की , सुमित्रा सुवेदी कार्की , विपिन न्यौपाने , सागर न्यौपाने , छत्र बस्नेत र संजोग खड्कालाई सदस्य पदमा थप गरेको छ । त्यसैगरी बैठकले सो मञ्चको विधान मस्यौदा निर्माणको जिम्मेवारी सल्लाहकार डा. झमकप्रसाद शर्मालाई  दिनुका साथै आउने असोज ४ गते बडादशैं तथा शुभदीपावली-२०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने निर्णय गरेको छ । बैठकमा उक्त मञ्चका सल्लाहकार कर्णबहादुर कार्की हिजोबाट ९० वर्ष पूरा भई ९१ वर्षमा प्रवेश गर्नु भएकोमा उहाँलाई सुस्वास्थ्य तथा दीर्घ जीवनको कामना सहित जन्मदिनको शुभकामना दिइएको थियो । त्यस अवसरमा सो मञ्चका सल्लाहकार डा. झमकप्रसाद शर्माले उहाँको सामाजिक व्यक्तित्वबारे प्रकाश पार्नु भएको थियो । “चैनपुर नगरपालिका- ७ , फलाटेमा जन्मिएका चन्द्रबहादुर खड्का ‘गाउँबुढा’  र म एकै साले हौँ ,  महिनाले मात्रै म उनीभन्दा काञ्छो छु ” उक्त मञ्चका सल्लाहकार कर्णबहादुर कार्कीले त्यस अवसरमा बताउनुभयो ।

Leave a Reply