गाम्चा साकोसले राष्ट्रिय लोक दोहोरी कलाकारहरुसँग तीज विशेष कार्यक्रम – २०७६ गर्ने !

0 Shares

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका – ४ , गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत २०७६ साउन ३२ गते विहान ११ बजेबाट सो संस्थामा आबद्ध महिला दिदी बहिनीहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम -२०७६ राष्ट्रिय लोक दोहोरी कलाकारहरुको साथमा आयोजना गर्ने भएको छ ।

सो संस्थाका अध्यक्ष विकाश खड्का र सचिव बिदुर खड्काको सञ्चालनमा आज विहान बसेको उक्त संस्था र त्यस संस्थाबाट सञ्चालन भइरहेको लघुवित्त कार्यक्रमको ४१ समूहका संयोजकहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । सो बैठक गाम्चा चोकमा निर्माणाधिन गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. को आफ्नै भवनमा बसेको उक्त संस्थाले जनाएको छ । कार्यक्रम मिति तय भएपनि स्थान भने तय भई नसकेको र स्थान तय भएपछि सदस्यहरुलाई जानकारी गराइने बताइएको छ ।

Leave a Reply