लक्ष्मीधारा साकोसको काठमाडौंको चावहिल -चुच्चेपाटीमा सेवाकेन्द्रको सञ्चालन शुरु

काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको लक्ष्मीधारा बचत तथा ऋण सहकारी संस्था लि.ले काठमाडौंको चावहिल- चुच्चेपाटीमा हिजोबाट सेवा केन्द्रको सञ्चालन शुरु गरेको छ ।
उक्त सेवा केन्द्रको एक कार्यक्रमका बीच राष्ट्रिय सहकारी माहासंघ लि.का अध्यक्ष केशवप्रसाद बडालले उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै सहकारी महासंघका अध्यक्ष बडालले सहकारी क्षेत्रमा कतिपय सहकारी सस्थाहरुले सदस्यको पैसा डुबाएर भाग्ने प्रवृति दिनानु दिन बढ्दै गएकाले अब भोलिको दिनमा यस्ता समस्याहरु नदोहो-याउनको लागि सहकारीकर्मीहरुलाई चेतावनी दिनुभएको थियो । लक्ष्मीधारा बचत तथा ऋण सहकारी संस्था लि. ले गरिरहेको प्रगति र यसले सदस्यहरुलाई प्रदान गरिरहेको सेवाको भने उहाँले त्यस अवसरमा प्रशंसा गर्नुभयो ।
उक्त अवसरमा ‘आर्थिक समृद्धिको नारा सहकारीमा लक्ष्मीधारा’ भन्ने मूल नाराका साथ स्थानीय व्यवसायी र उद्यमी वर्ग तथा विभिन्न क्षेत्रमा लामो समयदेखि कार्य अनुभव भएका व्यक्तित्वहरुबाट यो संस्थाको स्थापना गरिएको उक्त संस्थाका व्यवस्थापक वकिलबहादुर शाहीले बताउनुभयो ।
त्यस संस्थाका अध्यक्ष नवीनप्रसाद सैंजुको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधिहरुको अतिथिको रुपमा उपस्थिति रहेको थियो । यो सेेेेवाकेन्द्र सो सहकारी संस्थाको पहिलो सेवा केन्द्र रहेको त्यस अवसरमा बताइयो ।
समाजमा अनुत्पादक रुपले छरिएर रहेको स–सानो पूँजीलाई संकलन गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने , सदस्यहरुबीच स्वावलम्वन तथा पारस्परिक सहयोगको भावना बृद्धि गराउने , संस्थाको लगानी कृषि तथा उत्पादन क्षेत्रमा पूँजी परिचालन गरी विद्यमान अवस्थामा रहेको बेरोजगारी हटाउन उल्लेख्य मात्रामा रोजगारी सृजना गर्ने र विभिन्न सीपमूलक तथा व्यवसायिक क्षेत्रमा कर्जा प्रभाव गरी सदस्यहरुलाई उद्यमशील र स्वरोजगार बनाउनुका साथै समृद्ध नेपाल बनाउने सरकारको अभियानमा सहकारी क्षेत्रबाट पु-याउनु पर्ने योगदानमा सधै एक कदम अगाडि रही भूमिका खेल्ने र सदस्यहरुको आर्थिक , सामाजिक तथा शैक्षिक विकासमा योगदान पु-याउने संस्थाको प्रमुख उद्देश्य रहेको त्यस अवसरमा जानकारी गराइएको थियो ।