साउन १९ गते आफ्नो १७औँ स्थापना दिवस मनाउने तयारी गर्दै राष्ट्रिय सहकारी बैंक लि.

राष्ट्रिय सहकारी बैंक लि. ले यही साउन १९ गते आफ्नो १७औँ स्थापना दिवस मनाउने तयारी गरिरहेको जनाएको छ । सो बैंकले आफू दर्ता भएको दिन आफ्नो स्थापना दिवस मनाउदै आएकोमा गत बर्षदेखि दर्ता भएको दिनको सट्टा आफ्नो कारोवार शुभारम्भ भएको दिन आफ्नो स्थापना दिवस मनाउन थालेको उक्त बैंकले जनाएको छ ।
सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लि. को हालै पोखरामा सम्पन्नन सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको बैठकले निर्णय गरे अनुरुप आफ्नो केन्द्रीय कार्यालयका साथै देशभरका सबै शाखाहरुमा एकै दिन “सहकारीका लागि विद्यमान कानुन : अवसर र चुनौति” विषयक अन्तर्क्रिया गर्ने जनाएको छ ।
२०६० असार २५ ग ते सहकारी विभागमा विधिवत दर्ता भई यो बैंकले २०६१ साउन १९ गतेबाट कारोवार शुभारम्भ गरेको थियो । सो बैंकका केन्द्रीय कार्यालयका अतिरिक्त ४४ वटा शाखाहरु सञ्चालन भइरहेका छन् । यतिबेला के.वी. उप्रेतीले उक्त बैंकको नेतृत्व गरिरहनु भएको छ ।