सरोकारवालाको सुझावको आधारमा साकोसको व्याजदर तोकिने छ : रजिष्टार पाण्डे , सबैको सहमतीमा सहकारीको व्याजदर १६ .५ प्रतिशतसम्म तय गर्दा हुन्छ : महासंघ अध्यक्ष बडाल

0 Shares

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी संस्थाहरुको प्रयोजनका लागि बचत तथा ऋणको सन्दर्भ ब्याजदर अब केही दिन मै तोकिने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाजले  हिजो इन्द्रेणी फुडल्याण्ड , नयाँ बानेश्वर ,  काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा सन्दर्भ ब्याजदर’ विषयक छलफलमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । ‘सहकारी सन्दर्भ ब्याजदर तोक्ने विषयमा सरकार र सहकारी अभियान बीच खासै ठूलो मतान्तर छैन । यो विषय प्राविधिक भएकाले कसैको भावना वा दबावमा नभई सूचकहरुलाई आधार मानी प्राविधिक टोलीले दिएको निष्कर्ष र  सरोकारवालाहरुसँगको सुझावका आधारमा   चाँडै ब्याजदर तय हुने छ’, उहाँको भनाई थियो । उहाँले ‘ऐन तथा नियमावली कार्यान्वय गर्ने जिम्मेवारीबाट सहकारी विभाग याा अरु  कोही पनि पञ्छिन नमिल्ने भएकोले ऐन तथा नियमावलीलेे निर्दिष्ट गरेका काम सबैले गर्नुपर्छ’ भन्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष केशबप्रसाद बडालले सरकार र सहकारी अभियान सँगसँगै मिलेर जानुको बिकल्प नभएको उल्लेख गर्दै सहकारी सन्दर्भ ब्याजदर सरकारले लादेको बिषय नभई सहकारी अभियानको माग भएको बताउनुभयो । ‘राष्ट्रिय सहकारी महासंघ लि. ले  अभियानका तर्फबाट सहकारी सन्दर्भ ब्याजदर १७.५ प्रतिशत तोकिनुपर्ने सुझाब दिएको भएपनि सबैको सहमतीमा सहकारीको व्याजदर १६.५ प्रतिशतसम्म तय गर्दा हुन्छ तर अन्यथा गर्दा भने सहकारीहरुहरुलाई असजिलो पर्न जान्छ’ उहाँको भनाई थियो ।

सो छलफलमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले सन्दर्भ ब्याजदर निर्धारण समितिभित्र कुनै विवाद नरेहेकोले यसको अब बस्ने बैठकबाट यसबारे ठोस निष्कर्षमा पुग्न सकिने बताउनुभयो । ‘अहिलेका लागि सहकारीमा केही उच्च ब्याजदर कायम भएपनि सयम क्रममा यसलाई कम गर्न सकिन्छ ‘उहाँको कथन थियो । उहाँले ‘लघुवित्तहरुले कर्जामा १८ प्रतिशत ब्याजदर र २ प्रतिशत सेवा शुल्क लिइरहेको सन्दर्भ उल्लेख गर्दै त्यो सहकारीमा पनि लागू हुनुपर्छ’ भन्नुभयो। त्यसैगरी नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारी ऐनमा स्पष्ट रुपमा सन्दर्भ ब्याजदर उल्लेख भएकाले ब्याजदर बाध्यकारी नभएको हुँँदा सहकारीहरुले त्यसलाई आधार बनाउन सक्ने र यसमा लचकता हुन सक्ने बताउनुभयो ।

उक्त छलफलमा नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमार्फत देशमा समृद्धि र समान न्याय व्यबस्थापन गर्ने दिशामा अघि बढ्नका लागि पनि सहकारीहरु माझ कर्जाको ब्याजदरमा एकरुपता कायम गरेर अघि बढ्नुपर्ने खाँचो औल्ययाउदै सहकारी अभियानलाई स्वीकार्य हुने गरी सर्वसम्मत ढंगबाट जतिसक्तो चाडो सन्दर्भ ब्याजदर तय गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेको नेतृत्वमा सहकारी क्षेत्रका प्रतिनिदिहरु रहेको सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले सहकारीमा नयाँ व्याजदर निर्धारण गर्ने जस्ता काम गरिरहेको नेफ्स्कून स्रोतले जनाएको छ ।

Leave a Reply