बालकोट साकोसले आफ्नै भवन बनाउने

0 Shares

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका -२ , बालकोट चोकमा रहेको बालकोट बचत ऋण सहकारी संस्था लि. ले बालकोट चोकमा आफ्नै भवन बनाउन चाबै शुरु गर्ने निर्णय गरेको जनाएको छ । सो संस्थाले भवन निर्माणका लागि बालकोट चोकमा ५ आना र धारापाटीमा ७ आना जग्गा खरीद गरेको थियो । बालकोट चोकमा आफ्नो भवन बनाउने निर्णय गरेसँगै उचित मूल्य पाएमा ३ वर्ष अगाडि खरीद गरेको धारापाटीको ७ आना जग्गा बेच्ने तयारीमा रहेको उक्त संस्थाले जनाएको छ । यो संस्था समुदायमा आधारित रहेर सञ्चालन भइरहेको छ ।

यता राष्ट्रिय सहकारी बैंक लि. ले आफ्ना सदस्य रहेका सहकारी संघ/संस्थाहरुलाई तेस्रो किस्ताको आयकर गणना गर्ने तरिका इमेल गरी पठाएको बालकोट बचत तथा ऋण सहकारी संस्था लि.ले जनाएको छ ।

Leave a Reply