ग्रीनभ्याली साकोसको आयोजनामा हिजो रक्तदान सम्पन्न

0 Shares

काठमाडौंको बल्खुमा रहेको ग्रीनभ्याली  बचत तथा ऋण सहकारी संस्था लि. को महाराजगंजमा रहेको सदस्य सेवा केन्द्रको आयोजनामा हिजो रक्तदान कार्यक्रम सम्पन्न भयो । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को सहयोग र रक्त सञ्चार केन्द्र , नेपालसँगको सहकार्यमा भएको सो रक्तदान कार्यक्रममा  ३० जना रक्तदाताहरुले रक्तदान गरेको उक्त संस्थाले जनाएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भएको उक्त कार्यक्रममा रक्त चाप लगायतको स्वास्थ्य जाँच पनि गरिएको थियो ।

कास्कूनले आफ्ना सदस्य संस्थाहरुमा प्रत्येक बुधबार पालैपालो गरी रक्तदान कार्यक्रम गराइरहेको छ । जस अन्तर्गत कास्कूनको सहयोगमा उसका  सदस्य संस्थाहरुमा ५० औँ पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०६६ मंसीर १८ गते स्थापना भएको यो संस्थाले विगत ७ वर्षदेखि नेफ्स्कूनसँग सहकार्य गर्दै आएको छ । यसले हरेक वर्ष मंसीर १८ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।

Leave a Reply