युगल साकोस सालझुण्डीले आफ्नो छैटौँ वार्षिक उत्सवमा ग-यो बृहत रक्तदान र सरसफाई

रुपन्देहीको सालझुण्डीमा रहेको युगल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो छैटौँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । यसै अवसरमा सो संस्थाको आयोजना र सालझुण्डी स्वास्थ्य चौकीको सह-आयोजनामा हिजो बृहत रक्तदान कार्यक्रम तथा सालझुण्डी स्वास्थ्य चौकी परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइफ इन्स्योरेन्स क.लि. , कपिलवस्तु शाखा , सैनामैना डेन्टल केयर र हिराचन्द्र मेडिकल हलले सहयोग र सो संस्थाका सञ्चालकहरु ईश्वरी घिमिरे र लक्ष्मीनारायण घिमिरेले विभिन्न सामाग्री सौजन्य सहयोग गर्नु भएको उक्त बृहत रक्तदान कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका वडा नं.- ११ का वडाअध्यक्ष सुनिल मरासिनी , सोही वडाका वडा सदस्य रामप्रसाद भुषाल ,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , ४ नं. शाखा प्रबन्धक अर्जुन भुसाल र सैनामैना रेडियोका स्टेशन म्यानेजर भुवन जी सी, को आथित्य रहेको थियो भने त्यस अवसरमा उक्त संस्थाका पदाधिकारी , सञ्चालक , सल्लाहकार , लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उप-समितिका संयोजक तथा सदस्यहरु ,सेयर सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको उक्त संस्थाका अध्यक्ष गोविन्द पोखरेलले बताउनु भएको छ ।