आफ्नो १२औँ स्थापना दिवसका अवसरमा टेवा बहुउद्देश्यीय सहकारी संस्था लि. ले ग-यो बृक्षारोपण
ललितपूरको हात्तीवनस्थित टेवा चोकमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि. ले बृक्षारोपण , शुभकामना आदानप्रदान , दीप प्रज्वलन लगायतका कार्यक्रम गरी हिजो आफ्नो १२औँ स्थापना दिवस मनाएको सो संस्थाका अध्यक्ष कुमार गिरीले बताउनु भएको छ ।


त्यस संस्थाले आफ्नो ११औँ स्थापना दिवसको अवसरमा गत वर्ष पनि बृक्षारोपण गरेको थियो । समुदायमा आधारित रहेर सञ्चालन भइरहेको उक्त संस्थाको १२औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक तथा जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलाल , जिल्ला सहकारी संघ लि. , ललितपुरका उपाध्यक्ष रामशरण बस्नेत , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का केन्द्रीय सदस्य तथा ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष शरदकुमार महर्जन , ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. का उपाध्यक्ष किशोर महर्जन , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का नि:बर्तमान उपाध्यक्ष जगतलाल महर्जन लगायतले शुभकामना व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नु भएको जानकारी प्राप्त भएको छ ।
