सहकारी संस्थाहरुको प्रवर्द्धन गर्न प्रधानमन्त्री ओलीको प्रतिबद्धता , सहकारी अभियानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई बुझायो रु. १०, ०१, १०१

0 Shares

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारले सहकारी संस्थाहरुको प्रवर्द्धन , सहकारीमार्फत उत्पादन बृद्धि र बजार व्यवस्थापनमा हरसम्भव सहयोग गर्ने बताउनु भएको छ ।

यही साउन १६ गते राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालको नेतृत्वमा सहकारी अभियानको प्रतिनिधि मण्डलले  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि बुझाएको राष्ट्रिय सहकारी महासंघ लि. , नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) , राष्ट्रिय सहकारी बैंक लि.  लगायतका सहकारी निकायबाट संकलित रु. १० लाख १ हजाार १ सय १ ग्रहण गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।  उहाँले सहकारीले कृषि उत्पादनमा मात्र नभई अरु उत्पादनका क्षेत्रको क्षमता बढाउनु पर्ने बताउनु हुँदै सहकारीले गरेको उत्पादनले बजार नपाए सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको  राष्ट्रिय सहकारी महासंघ लि. स्रोतले जनाएको छ ।

सो  प्रतिनिधि मण्डलमा राष्ट्रिय सहकारी महांसघ लि.का अध्यक्ष केशबप्रसाद बडालका साथै सो महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेल , उपाध्यक्ष ओमदेवी मल्ल , नेफ्स्कूनका अध्यक्ष डी. बी. बस्नेत , महासचिव चन्द्रप्रसाद ढकाल , राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती लगायत सहभागी हुनु भएको बताइएको छ ।

 

 

 

Leave a Reply