सीवाईसी साकोस , बागलुङको आयोजनामा तीन दिवसीय ४ वर्षे व्यवसायिक रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

बागलुङको बाटाचौरमा रहेको सीवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा तीन दिवसीय आफ्नो ४ बर्षीय व्यावसायिक रणनीतिक योजना तर्जुमा गोष्ठी यही साउन १४ -१६ गते सम्पन्न भयो ।
सो संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेेक्षण समिति , उप-समितिहरु , सदस्य सेवा केन्द्रका संयोजक तथा संस्थाको व्यवस्थापन टिमको सहभागिता रहेको थियो । संस्थाले यस अघि तयार गरेको रु. १ अर्व ५ करोड कारोबारको त्रिवर्षीय व्यावसायिक रणनीतिक योजनाको समय समाप्त भएसंगै यो गोष्ठी आयोजना गरेको आयोजकको भनाई छ । उक्त गोष्ठिको प्रमुख अतिथि तथा प्रशिक्षक नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून)का कोषाध्यक्ष केशवप्रसाद पोखरलले कुनै पनि संघ /संस्था तथा कम्पनीलाई जीवन्त रहनको लागि योजना आवश्यक हुने बताउनु हुँदै संघ /संस्थाहरु अग्लो मात्र हुनुले त्यति धैरै महत्व राख्तैन , तिनीहरु दिगो र गुणस्तरयुक्त हुन जराहरु बलियो र फराकिलो हुनुपर्ने बताउनु भयो ।यस सिवाईसी साकोसले स्थापना भएको छोटो समयमा हाँसिल गरेका प्रगति प्रशंसनीय रहेको छ , अब यसले आफ्नो गुणस्तर र दिगोपनामा ध्यान दिनुपर्ने समय भएको उहाँको भनाई थियो ।
गोष्ठिमा संस्थाका सल्लाहकार देववहादुर श्रेष्ठ , सञ्चालक शिलशिला के.सी र सो संस्थाको हटिया सेवा केन्द्रका संयोजक रामवहादुर खत्री लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो संस्थाका सह-सचिव ताराबहादुर वि.क.को ले सञ्चालन गर्नु भएको गोष्ठीको उद्घाटन सत्रको स्वागत सीता सापकोटाले गर्नु भएको थियो ।