राष्ट्रिय सहकारी बैंक लि. ले पहिलो चोटी ४४ वटै शाखाहरुमा स्थापना दिवस मनाउदै छ

0 Shares

– के.बी. उप्रेती , अध्यक्ष , राष्ट्रिय सहकारी बैंक लि.

राष्ट्रिय सहकारी बैंक लि. ले आफ्नो १७औँ स्थापना दिवस र १६औँ वार्षिक उत्सव मनाउदै छ । सो बैंकको स्थापना दिवस लगायतका विषयमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेतीसँग छोटो कुराकानी गर्नु भएको थियो । जो यस प्रकार छ ।

१. राष्ट्रिय सहकारी बैंक लि. को स्थापना दिवस कसरी मनाउदै हुनुहुन्छ ?

~  यस अघि हामी राष्ट्रिय सहकारी बैंक लि. को स्थापना दिवस केन्द्रमा मात्रै मनाउने गर्थ्यौँ तर यस पटक हामीले पहिलो चोटी यस बैंकका ४४ वटै शाखाहरुमा स्थापना दिवस मनाउदै छौँ । यो बैंकका ४४ वटै शाखामा एउटै प्रेजेन्टेसन हुन्छ । बैंकका ४४ वटै शाखाहरु आफै आयोजक बनेर ‘सहकारीका लागि विद्यमान कानुन : अवसर र चुनौती’ विषयक अन्तर्क्रियात्मक कार्यक्रम गरिदै छ । सहकारीसँग सम्बन्धित ऐन कहाँ कहाँ बाझिएको छ , यसका असरहरु के के छन् ,  यसका के के उलझन छन् भन्ने जस्ता विषयमा बैंकका ४४ वटै शाखाहरुमा पेपर प्रेजेन्टेसन गरेर छलफल गराउदैछौँ । यसबाट निश्कर्ष निस्केपछि हामी त्यसलाई एउटा रुप दिएर सम्बन्धित निकायमा समस्या समाधानको पहल गर्ने छौँ ।

त्यसमा राष्ट्रिय सहकारी बैंक लि. को अहिलेको गतिविधिबारे जानकारी पनि दिने छौँ । यो बैंकको अवस्था के छ , यसको वित्तीय अवस्था के छ र  सेवा सुविधाबारे के छ भन्ने बारेमा जानकारी दिन्छौँ । स्थापना दिवसबाट मुख्यत: कानुनको कुरा , प्रविधिको कुरा , बैंकको गतिविधि र बैंकका शाखा प्रमुखहरुको सुझाव लगायतका विषयमा जानकारी गराइने छ ।

२.हालै पोखरामा राष्ट्रिय सहकारी बैक लि.को सबै शाखाका प्रमुगहरु , विभागीय प्रमुख सहितको सञ्चालक समितिको बैठक बसेको थियो । त्यसले के निर्णय ग-यो नि ?
~ त्यहाँ मुख्यतया यस बैंकको कामको समीक्षा गरियो । आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य कति पूरा भयो ,सकारात्मक र नकारात्मक के के कुरा भए । कहाँ राम्रो काम भयो , कहाँ नराम्रो भयो भन्ने बारेमा वान टु वान छलफल गरियो । सबै शाखाका प्रमुखहरु , विभागीय प्रमुखहरु सी.ई.ओ. र ए.जी.एम.बीच छलफल ग-यौँ । बैंकका ४४ वटै शाखाका प्रमुखहरु , विभागीय प्रमुखहरु ,गण्डकी प्रदेशका संयोजक र म बसेर छलफल पनि ग-यौँ । त्यसपछि बोर्ड मिटिङ बसियो । बोर्ड बैठकमा सञ्चालक समितिले उनीहरुबाट आएका कुराहरुलाई एड्रेस गर्ने , त्यसबारे समीक्षा पनि गरियो । खास गरी त्यहाँ कसरी अगाडि बढिदैछ भन्नेबारेमा कुरा भयो । बिभिन्न व्याजदरका कुराहरु छन् । अरु बिभिध गतिविधिहरु , स्तरीकरण गर्ने कार्यविधि निर्माण गर्ने लगायतका विषयमा छलफल भएर निश्कर्ष निकाली अगाडि बढ्यौँ।
त्यहाँ यो बैंकको स्थापना दिवस मनाउने कुरा भयो । सबै शाखाहरुमा कार्यक्रम सञ्चालनको जिम्मा बैंकका सञ्चालक र लेखा सुपरीवेक्षण समितिलाई दिइएको छ ।

३.राष्ट्रिय सहकारी बैंक लि. को आगामी कार्य योजना के बनाउनु भएको छ नि ?
~ हामीले यसको सदस्यता,शेयर पूँजी,निक्षेप र कर्जा बृद्धि गर्ने,सबै जिल्लाहरुमा यसका शाखा , उप-शाखा , सदस्य सेवाकेन्द्र वा सम्पर्क कार्यालय स्थापना गर्ने , नयाँ प्रविधिको विकास गर्ने ,आफ्ना सदस्य संघ/संस्थाहरुका जनशक्तिलाई प्रविधियुक्त र क्षमतावान बनाउने लगायतका आगामी कार्य योजना बनाएका छौँ ।
४.राष्ट्रिय सहकारी बैंक लि. को शेयर सदस्य संख्या , शेयर पूँजी , निक्षेप संकलन , कर्जा प्रवाह र कूल कारोवार कति छ नि ?

~ गएको असार मसान्तसम्ममा यस बैंकको शेयर सदस्य ११ हजारभन्दा बढी छन् भने यसको शेयर पूँजी रु.  १ अरव ५८ करोड ,  निक्षेप रु. ३८ अरव , कर्जा प्रवाह रु. १९ अरव र कूल कारोवार ३१ अरव रहेको छ ।
५.राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य सहकारी संघ/ संस्थाको हित हुने कुनै कार्यक्रम गर्दै छ कि ?
~ यसले आफ्ना सदस्य सहकारी संघ/ संस्थाहरूका लागि वित्तीय कारोवार लगायतका विषयमा नि:शुल्क परामर्श सेवा सञ्चालन गर्ने योजना बनाएका छ ।

६. राष्ट्रिय सहकारी बैंक लि. ले २ नं. प्रदेशको गरिवी निवारण गर्ने कुनै योजना बनाएको छ कि ?

~ यस बैंकले २ नं. प्रदेशलाई प्राथमिकता दिएर यो प्रदेशका ८ वटै जिल्लामा यसका ८ वटा शाखाहरु खुलेका छन् । ती शाखाहरु मार्फत गरिवी निवारण गर्न प्रयत्न गर्ने छौँ ।

७. वित्तीय कारोवार गर्ने सहकारीको सन्दर्भ व्याजदर निर्धारण गरिएको छ । यसबारेमा तपाई के भन्नुहुन्छ ?

~यो सहकारी सन्दर्भ व्याजदर क्रमश: कार्यान्वयन गर्दै जानुपर्छ ।

८. कोपोमिस कार्यक्रम बारे तपाई के भन्नु हुन्छ नि ?

~ कोपोमिस कार्यक्रम कार्यन्वयन गर्दै जानुपर्छ ।

९. सहकारी मर्जरबारे तपाईको के भनाई छ ?

~ सहकारी मर्जरको लागि छुट सुविधा उपलब्ध गराई यो मर्जरलाई अगाडि बढाउनुपर्छ ।

१०. अन्तमा केही भन्नु छ कि ?

~ राष्ट्रिय सहकारी बैंक लि. को स्थापना दिवसको अवसरमा सम्पूर्ण सहकारीकर्मीलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

Leave a Reply