यल अन्तर सहकारी समन्वय समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

ललितपुरमा सञ्चालन भइरहेका ९ वटा सहकारी संस्थाहरु मिलेर बनेको यल अन्तर सहकारी समन्वय समितिको दोस्रो वार्षिक साधारणसभा हिजो साँँझ लिटिल फ्लावर पव्लिक स्कूल , शंखमूल , ललितपुरमा सम्पन्न भयो । सो समितिका अध्यक्ष तथा कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. का कोषाध्यक्ष शान्तालक्ष्मी खड्गीको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको उद्घाटन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक रामहरि बजगाईले एक समारोहका बीच गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्नु हुँदै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बजगाईले
यस ‘यल अन्तर सहकारी समन्वय समिति’ले राम्रो गतिविधि गरिरहेको हामीले हेरिरहेका छौँ , त्यसलाई जनमानससम्म पु-याउनु परो’ भन्नुभयो । ललितपुरमा सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी संस्थाहरुले आवश्यक ठानेर माग गरेमा जुनसुकै विषयको प्रशिक्षक पनि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले नि:शुल्क उपलव्ध गराउने बताउदै उहाँले “तपाईहरु राम्रोसँग सहकारी संस्थाहरुचलाउनुस् , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. तपाईहरुलाई आवश्यक सहयोग गर्न तयार छ । राम्रोसँग सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी मात्रै नभई बहुउद्देश्यीय , उपभोक्ता लगायतका सबै सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि.ले आवश्यक सहयोग गर्छछ” भन्नुभयो । फुटेर नभई एक आपसमा जुटेर मात्रै सहकारी अभियान बलियो हुने तर नेतृत्व विकास र हस्तान्तरण भने गर्दै जानु पर्ने बताउदै उहाँले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्नो २५ औँ वार्षिक साधारणसभा आउने कार्तिक २१ गते तय गरेको र त्यसमा आफूले एउठा व्यक्तिले नेतृत्वमा २ कार्यकारभन्दा बढी रहन नपाउने विनियम शंसोधनको प्रस्ताव लाने जानकारी दिनुभयो । विभिन्न विषयमा तालिम , अन्तर्क्रिया लगायतका बिभिन्न रचनात्मक क्रियाकलापहरु सञ्चालन गरिरहेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आउदो मंसिर १५,१६ र १७ गते चौथो ‘साकोस समिट’ ग
हुने उहाँको भनाई थियो । सहकारी अभियानको सहमतीमा कार्यान्वयन शुरु भएको ऋण प्रवाहमा १६ प्रतिशतभन्दा बढी व्याजदर लिन नपाउने सन्दर्भ व्याजदर कार्यान्वयन आएको र चुनौतीपूर्ण भएपनि यसको कार्यान्वयन गर्नु पर्ने बताउदै उहाँले सहकारीमा देखिएका समस्या सम्बोधन हुने गरी सहकारी ऐन शंसोधन गर्ने प्रस्ताव ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले राष्ट्रिय सहकारी महासंघ लि.मा बुझाएर आवश्यक छलफल समेत गरी सकेको छ , सम्भवत: संसदको हिउदे अधिवेशनमा केही नेपाल ऐन शंसोधन मार्फत सो सहकारी शंसोधन प्रस्ताव दर्ता भ एर छलफल भई पास हुन्छ होला ‘ भन्नुभयो । यतिबेला रजत महोत्सव मनाइरहेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आउदो भदौ २१ गते दौड प्रतियोगिता गर्ने तर त्यसको पुरस्कार राशी भने केही दिन पछि तय हुने उहाँको कथन थियो ।
त्यस अवसरमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि., कुम्भेश्वरका अध्यक्ष तथा सो समितिका संस्थापक संयोजक अधिबक्ता लक्ष्मण महर्जनले
परेको बेला एक अर्कालाई वित्तीय तरलता लगायतका समस्या निवारणमा सहयोग पु-याउने उद्देश्यले शुरुमा ८ वटा सहकारी संस्थाहरु मिलेर यल अन्तर सहकारी समन्वय समिति
निर्माण गरी रु.५/५ लाख जम्मा गरी अगाडि बढेको , , यसमा ९ वटा सहकारी संस्था सदस्य रहेको र अरु ५ वटा सहकारी संस्थाहरु पनि यसमा थपिन लागेको बताउनुभयो । त्यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक तथा विभूति बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष एवं सो समितिका नि:वर्तमान अध्यक्ष नरेश महर्जनले
यल अन्तर सहकारी समन्वय समितिले सन्तोषजनक कार्य गरिरहेको बताउनुभयो । उक्त अवसरमा लिटिल फ्लावर पब्लिक स्कूलका प्रिन्सिपल विकेश महर्जनले
यल अन्तर सहकारी समन्वय समिति र लिटिल फ्लावर पब्लिक स्कूल बीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताउनुभयो । यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष शान्तालक्ष्मी खड्गीले
सो समितिको गतिविधि बताउदै यसको रु. ५४ लाख कारोवार रहेको बताउनुभयो । उक्त समितिको १/१ वर्षमा नेतृत्व हस्तान्तरण गर्ने नीति अनुरुप हिजोबाट कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. का कोषाध्यक्ष शान्तालक्ष्मी खड्गीले माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष अधिबक्ता लक्ष्मण महर्जनलाई सो समितिको नेतृत्व हस्तान्तरण गर्नुभयो । साधारणसभामा ९ वटै सहकारी संस्थाहरुका अध्यक्षहरुका साथै पदाधिकारी , सञ्चालक तथा कर्मचारीहर एवम् सो समितिमा हिजोबाट सदस्य बनेका सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता थियो ।
त्यस अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २४ औँ साधारणसभाबाट सो संघको अध्यक्ष पदमा निर्वाचित रामहरि बजगाई र सञ्चालक सदस्य पदमा निर्वाचित नरेश महर्जनलाई सम्मान गरियो ।
२०७३ सालमा माँ उपभोक्ता सहकारी संस्था लि., कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. , विभूति बचत तथा ऋण सहकारी संस्था लि., प्रिन्स बचत तथा ऋण सहकारी संस्था लि., सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लि. त:ननी बचत तथा ऋण सहकारी संस्था लि. , सेेेटलमेण्ट बचत तथा ऋण सहकारी संस्था लि.र उत्सर्ग बचत तथा ऋण सहकारी संस्था लि. मिलेर माँ बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अधिबक्ता लक्ष्मण महर्जनको नेतृत्वमा यल अन्तर सहकारी समन्वय समिति निर्माण गरिएको थियो भने त्यसको एक वर्षपछि मनिडो बचत तथा ऋण सहकारी संस्था लि.पनि यसको सदस्य बनेको थियो । प्रत्येक वर्ष अल्फाबेटको आधारमा यसको नेतृत्व परिवर्तन हुने र हरेक वर्ष प्रत्येक सदस्य संस्थाले रु.१ लाख जम्मा गर्नु पर्ने नीति यसको प्रथम वार्षिक साधारणसभाले पारित गरेको बताइएको छ ।
ललितपुरमा सञ्चालनमा रहेका स्वधन बचत तथा ऋण सहकारी संस्था लि. , फ्रीडम बचत तथा ऋण सहकारी संस्था लि. , लुज: बचत तथा ऋण सहकारी संस्था लि., सुमेयल बचत तथा ऋण सहकारी संस्था लि. र नागरिक बहुउद्देश्यीय सहकारी संस्था लि. यल अन्तर सहकारी समन्वय समितिको हिजोबाट सदस्य बनेसँगै यसको सदस्य संख्या १४ पुगेको छ ।