राष्ट्रिय सहकारी बैंक लि. को १७औँ स्थापना दिवस केन्द्रीय कार्यालय सहित ४४ वटै शाखामा गोष्ठि गरी मनाइयो

0 Shares

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्नो १७औँ स्थापना दिवस केन्द्रीय कार्यालय सहित सबै शाखाहरुमा गोष्ठि सञ्चालन गरी मनाएको छ ।  केन्द्रीय कार्यालय सहित ४४ वटै शाखाहरुको आयोजनामा भएका  ‘सहकारीका लागि विद्यमान कानून : अवसर र चुनौती ‘विषयक गोष्ठिमा एउटै कार्यपत्र प्रस्तुत गरिएको थियो । बैंकका सञ्चालक तथा  लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुले शाखाहरुको कार्यक्रम संयोजन गर्नु भएको थियो । केही शाखाहरुको कार्यक्रममा सहकारी अभियन्ताहरु प्रमुख अतिथि रहनु भएको थियो ।

दिउसो आफ्ना सबै शाखाहरुमा गोष्ठि सकिएपछि साँझ सो बैंकको केन्द्रीय कार्यालयको आयोजनामा इन्द्रेणी फुडल्याण्ड , नयाँ बानेश्वर , काठमाडौंमा ‘सहकारीका लागि विद्यमान कानुन : अवसर चुनौती’ विषयक  गोष्ठि सम्पन्न भयो । उक्त बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा सम्पन्न सो गोष्ठिको उद्घाटन उप-प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गर्नु भएको थियो । उद्घाटन मन्तव्य व्यक्त गर्नु हुँदै उप-प्रधानमन्त्री यादवले  साधन , स्रोत र कारोवार गर्न  २ नं. प्रदेश सुगम भएपनि अशिक्षा , गरिवी जस्ता विषयमा २ नं. प्रदेश सबैभन्दा अगाडि रहेको र त्यसमा पनि सबैभन्दा पछाडि परेका सप्तरी र रौतहट जिल्ला त्यहीँँ रहेको उल्लेख गर्नु हुँदै सहकारीको माध्यमबाट गरिवी निवारण र अशिक्षा हटाउन सकिने बताउनुभयो ।        उहाँले कहिलेकाही निजी क्षेत्र र सहकारी बीच मनमुटाव  पनि देखिने गरेको बताउनुभयो । भारत , बंगलादेश लगायतका कतिपय देशहरुमा विकास र समृद्धिमा सहकारीले महत्ववपूर्पण योगदान गरिरहेको उदाहरण दिदै हाम्रो देशमा पनि सहकारीका माध्यमबाट विकास र समृद्धि हासिल गर्न सकिने अवस्था रहेको उहाँको भनाई थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालले राष्ट्रिय सहकारी बैंक लि. ले आफ्नो १७औँ स्थापना दिवस मनाउदै गर्दा यस बैंकले गरेको उन्नतीप्रति प्रशन्नता प्रकट गर्नुभयो ।        उहाँले यस बीचमा सो बैंकले भोगेको उतारचढावबारे प्रकाश पार्नु हुँदै यो बैंक स्थापनामा भूतपूर्व उप-प्रधान तथा अर्थमन्त्री  दिवंगत भरतमोहन अधिकारीको योगदान महत्ववपूर्ण रहेको बताउनुभयो । यो गोष्ठिमा प्रस्तुत कार्यपत्रमा उल्लेखित कानून शंसोधनको खेस्रा बाहेक  सहकारीलाई अफ्स्ट्याकल गर्ने अरु कानून भए ४ दिनभित्र राष्ट्रिय सहकारी महासंघमा उपलब्ध गर्न सहकारीकर्मीहरुलाई उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंक लि.को अवस्थाबारे प्रकाश पार्नु हुँदै सो बैंकका अध्यक्ष के.बी. उप्रेतीले “यस बैंकको अवस्था राम्रो छ , ३५ वटा जिल्लामा ४४ वटा शाखा विस्तार गरिएको छ ।           सबै जिल्लाहरुमा शाखा , उप-शाखा , सदस्य सेवा र सम्पर्क कार्यालय स्थापना गर्ने र दोस्रो चरणमा सबै नगरपालिका तथा गाउँपालिकाहरुमा यसको सेवा विस्तार गर्ने छौँ । गत वर्षभन्दा यस वर्ष अनसेक्योर कर्जा १ प्रतिशत कम भएको छ । शेयर सदस्य ११,१२५ पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१ अरव ५० करोड पु-याउने लक्ष्य भएकोमा रु. १ अरव ५८ करोड  , रु २७ अरव बचत गर्ने लक्ष्य भएकोमा  रु. २८ अरव बचत  , कर्जा लगानी रु. १८ अरवको लक्ष्य रहेकोमा रु. १९ अरव पुगेको छ । यो बैंक सबै हिसावले राम्रो अवस्थामा छ र यस को साधारणसभामा शेयर सदस्यहरुलाई बैकको खर्च कटाएर १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लादै छौं ” भन्नुभयो ।

त्यस अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले 

सहकारीका १२/१३ कानुनी विषय शंसोधन गर्न लागेको र त्यसपछि सहकारीमा सुशासन हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पहिलो पटक लागू गरिएको सहकारी सन्दर्भ व्याजदरले सहकारी क्षेत्रमा चुनौती र अवसर दुबै रहेको बताउदै यसमा सहकारी सफल रहे लघुवित्तहरु संकटमा पर्न सक्ने खतरा रहेको बताउनुभयो ।

सहकारी क्षेत्रले आवश्यक ठानेमा सो क्षेत्रलाई नेपाल राष्ट्र बैंकबाप प्राविधिक सहयोग गर्न सकिने उहाँको भनाई थियो ।

त्यस्तै सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले 

सहकारी सन्दर्भ व्याजदरको कार्यन्वयन र सहकारी माथि स्रोत नखुलेको सम्पति जम्मा गरेको भनेर मिडिया मार्फत लागिरहेको आरोपबाट मुक्त गरी सहकारीलाई मर्यादित बनाउन सहकारी विभागले गर्ने कार्यमा सहयोगको लागि आग्रह गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. का संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले बचत तथा ऋण सहकारीले समुदायसँग जोडिएर गरेको कारोवारले सहकारीको उचाई बढेसँगै आलोचना पनि हुने गरेको बताउनुभयो ।हालै कार्यन्वयनमा आएको सहकारी सन्दर्भ व्याजदरबारे केही समय हेरेर मात्रै आफूले बोल्ने तर सहकारी सन्दर्भ व्याजदर लागू हुनु राम्रो कार्य भएको बताउनुभयो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. की उपाध्यक्ष ओमदेवी मल्लले      आफू र सहकारी महासंघ अध्यक्ष केशब बडाल दुबै सभासद भएको बेलामा सहकारी ऐन जारी हुँदा धेरै खुशी लागेको बताउदै यहाँ प्रस्तुत कार्यपत्रमा उल्लेख भएका सहकारीलाई अफ्स्टायाकल गर्ने कानुन शंसोधन गरी यिनलाई सहकारी मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । गोष्ठिको उक्त बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सञ्चालन र प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले स्वागत गर्नु भएको थियो । गोष्ठीमा अधिबक्ता रमेश बडाल र सो बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो  भने सो कार्यपत्रमाथि सबैजसो बक्ताहरुले  मन्तव्यको क्रममा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

त्यस अवसरमा कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत , काठमाडौं उपत्यकाभित्रका विभिन्न सहकारी संघ/ संस्थाका प्रतिनिधिहरु, सो बैंक वका सञ्चालक , कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply