नागको पूजा गरी नागपञ्चमी पर्व मनाइयो

आज धारा , पधेरा , खोला , पोखरी , तलाऊ लगायतमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइएको छ । नाग पञ्चमीको दिन घरको भित्तामा गाईको गोवरले दूवो र कम्पनी पैसा राखी अष्ठ नागको तस्वीर टास्नाले वर्षभरी खजुरो , सर्प , माकुरो , विच्छी लगायतका किराहरु तथा चट्याङ्गले वर्षभरी दु:ख दिदैन भन्ने जनविश्वासले आज धेरै घरहरुमा नाग टासियो । काठमाडौंको नक्सारस्थित नागपोखरी , चोभारस्थित टौदह , ललितपुरको धापाखेलस्थित नागदह , भक्तपुरको सिद्धपोखरी तथा चाँगुनारायणको पोखरी लगायतमा नागपूजा गर्ने भीड देखिन्थ्यो ।
नागपञ्चमी दिनबाट बर्षात सकिएर हिउँद लागेको र चाडपर्व शुरु भएको विश्वास गरिन्छ ।
नागपञ्चमी दिनबाट नेवारी संस्कृति अनुसार लाखे नाच शुरु हुने चलन छ । यो लाखे नाँच कृष्ण जन्माष्टमीसम्म रहने गर्दछ ।
नागपञ्चमीबाट जनै पूर्णिमासम्म रसुवाको गोसाईकुण्ड तथा शंखुवासभाको सभापोखरी गाउँपालिकामा अबस्थित लुम्बासुम्बा हिमालको फेदीमा रहेको सभापोखरीमा तिर्थालुहरु दर्शन गर्न जाने गर्दछन् ।
आज साउनको तेस्रो सोमबार पनि भएकोले बोलबममा जाने र शिव मन्दिरहरुमा शिवजीको पूजाआजा गर्न जानेहरुको भीडभाड देखिन्थ्यो ।