सन्दर्भ व्याजदर घोषणा गर्दाको भोलिपल्टबाटै लागू गर्न सहकारी अभियानका नेताहरुले कसरी सहमती जनाउनुभयो होला ?

सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलले यही साउन १७ गते घोषणा गरिएको सहकारी सन्दर्भ व्याजदरको सन्दर्भमा सहकारी अध्ययन केन्द्र , नेपाल मार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्नु भएको छ । जो यस प्रकार छ ।
सन्दर्भ ब्याजदरको घोषणा सहकारी ऐन र नियमावली अनुरुप गरिएको भएतापनि यसले सहकारीको स्व्यात्तता र बजारद्वारा ब्याजदर निर्धारण हुने सर्बमान्य सिद्दान्त माथि प्रहार गर्न खोजेको देखिन्छ ।
यो ब्याजदर लागू गर्नका लागि निश्चित समय दिने आम परम्परा समेतको बेवास्ता गर्दै घोषणा गर्दाको भोलिपल्टदेखि नै लागू हुनुपर्दछ भनिएको छ ।
यो सबै कुराहरु समितिमा रहनुभएका महासंघ, नेफ्स्कुन र सहकारी बैंकका प्रतिनिधिहरुको समर्थन र रोहबरमा गरिएको छ ।
ब्याजदरको कुरा त औसतको आधारमा आयो तर घोषणा गर्दाको भोलिपल्टदेखि नै लागू हुनुपर्दछ भन्ने कुरामा समितिमा रहेका सहकारी अभियानका नेता मित्रहरुले कसरी सहमती जनाउनु भयो होला …?
समितिमा प्रतिनिधित्व गर्ने महासंघ, सहकारी बैंक र नेफ्स्कुनका मित्रहरुले प्रारम्भिक सहकारीको मर्म नबुझेर होला कि बुझ्न नचाहनु भएर होला…? आम जिज्ञासा …।