कुम्भेश्वर महिला साकोसद्वारा पाठेघरमा लाग्ने रोग सम्बन्धी परामर्श कक्षा सञ्चालन

0 Shares

ललितपुरको कुम्भेश्वरमा रहेको  कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी लि.को ९ औ स्थापना दिवसको अवसरमा सो सहकारी संस्थाको आयोजनामा हिजो कुम्भेश्वर प्राविधिक शिक्षालय , कुम्भेश्वर , ललितपुरमा एक दिवसीय महिलाहरुको पाठेघरमा लाग्ने रोग सम्बन्धी परामर्श कक्षा सम्पन्न भएको छ । नहुँदा महिला स्वास्थ्य क्लिनिक , लगनखेलको सहयोगमा सम्पन्न सो परामर्श कक्षामा उक्त संस्थाका सदस्यहरुका साथै स्थानीय महिला महिला समुहका ३६ जनाको  सहभागिता रहेको आयोजकको भनाई छ । उक्त संस्थाको आयोजनामा यही साउन २५ गते शनिवार बंगलामुखी मन्दिर परिसरमा रक्तदान तथा स्वास्थ शिविर सञ्चालन गर्न लागेको सो संस्थाले जनाएको छ ।

Leave a Reply