भारतीय भूतपूर्व विदेश मन्त्री सुष्मा स्वराजको पार्थिव शरीरको हिजो गरियो अन्त्येष्टि

मंगलबार राती दिल्ली स्थित अल इण्डिया टेक्निकल साइन्स अब मेडिकल इञ्चिच्युटमा स्थानीय समय अनुसार ११ बजेतिर निधन हुनु भएकी भारतीय भूतपूर्व विदेश मन्त्री तथा भारती जनता पार्टीकी वरिष्ठ नेतृ सुष्मा स्वराजको हिजो अपरान्ह राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो । रोडस्थित विद्युती शव दाह गृहमा उहाँको अन्त्येष्टि गरिएको थियो । छोरी बाँँसुरीले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो । अन्त्येष्टि अघि श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर भारतीय जनता पार्टीको कार्यालयमा राखिएको थियो । उहाँको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द , प्रधानमन्त्री नरेन्द्र मोदी , भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आणबाणी , सो पार्टीका नेता कार्यकर्ताहरु , काँग्रेस आई. की भूतपूर्व अध्यक्ष सोनिया गान्धी , अध्यक्ष राहुल गान्धी तथा नेपालका प्रधानमन्त्री खड्गप्रसार शर्मा ओली तथा भूतपूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले उहाँको निधनमा शोक प्रकट गर्दै परिवारमा समवेदना दिनु भएको थियो । एक छोरीकी माता उहाँ पति स्वराज कौसलका साथ दिल्लीको जन्तरमन्तरस्थित रोडस्थित निवासमा बस्तै आउनु भ को थियो । ६७ वर्षीया स्वराजलाई हृदयघाट भएपछि दिल्लीस्थित अलइण्डिया टेक्निकल साइन्स अब मेडिकल इञ्चिच्युटको आकस्मिक कक्षमा उपचारका लागि स्थानीय समय अनुसार रातको १० बजेतिर पु-याइएको थियो । चिकित्सकले जति कोसिस गरे पनि उहाँलाई बचाउन सकेनन् । अस्पताल पु-याएको १घण्टापछि डाक्टरहरूले उहाँलाई मृत घोषणा गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । कतिपयले भने उपचारका लागि अस्पताल पु-याउनु अगाडि नै उहाँको निधन भएको बताएको पनि सुनिएको छ ।
इन्दिरा गान्धीपछि भारतको दोस्रो महिला विदेश मन्त्री बन्नु भएकी उहाँले सन् २०१४ देखि १९ सम्म ५ वर्षसम्म नरेन्द्र मोदी नेतृत्वको अघिल्लो कार्यकालको सरकारमा विदेश मन्त्री बनेर कार्य गर्नुभयो । उहाँ भारतीय जनता पार्टीको मात्रै नभई भारतीय राजनीतिमा क्षमतावान र सम्मानित नेतृ तथा प्रखर बक्ताको रुपमा रहनु भएको थियो । सन् १९५३ मा जन्मिनु भएकी उहाँ सन् १९७७ बाट भारतीय राजनीतिमा उदाउनु भएको थियो । हरियाणाको विधानसभा सदस्य हदै सो राज्यको मन्त्री , छोटो समय दिल्लीको मुख्मयन्त्री , भारतीय लोकसभा सदस्य , राज्यसभामा भाजपाको दलको नेता र केन्द्रीय सरकारको मन्त्री बनेर कार्य सम्पादन गर्नु भएको थियो । स्वास्थ्य समस्या भएको भन्दै भारतको पछिल्लो लोकसभा चुनावमा भने उहाँ चुनाव लड्नु भएन । भारतको परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको विश्रेषकहरुको भनाई छ ।
पाकिस्तान बाहेक नेपाल सहितका दक्षिण एसियाका देशहरुको सुष्म राजनीतिक व्यवस्थापनमा उहाँले महत्वपूर्ण योगदान गर्नु भएको बताइन्छ । २०७४ मा नेपालमा संघीय संसद र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि उहाँले नेपालको सुष्म राजनीतिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको अनुभूति गरिएको थियो । ती चुवाबहरु सम्पन्न भएपछि काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा उहाँ आफै सहभागी भएको थियो । उहाँकै सक्रियतामा नेपालको संविधान , २०७२ प्रति बिमती जनाएका तत्कालीन जनता पार्टी र संघीय समाजवादी फोरमको समर्थनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माके) को मोर्चाका नेता खड्गप्रसाद शर्मा ओली नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेको कतिपय विश्लेषकहरुले बताउने गरेका छन् जुन सरकार अहिले पनि सञ्चालन भइरहेको छ ।