कुम्मेश्वर महिला साकोसको आयोजनामा आज रक्तदान र स्वास्थ्य शिवीर सम्पन्न

0 Shares

ललितपुरको कुम्भेश्वरस्थित कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ९औँ स्थापना दिवसको अवसरमा आज कुम्भेश्वरमा रहेको बंगलामुखी मन्दिर परिसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा २२ जना रक्तदाताहरुले रक्तदान गरेको आयोजकको भनाई छ । यसैगरी आजै भएको स्वास्थ्य शिवीरमा  ललितपुरको लगनखेलस्थित बटुक भैरवमा रहेको नहुँदा महिला स्वास्थ्य क्लिनिक तथा नहुँदा स्वास्थ्य सामुदायिक अस्पतालको सहयोगमा ५० जना महिलाहरुको पाठेघरको जाँच भएको थियो भने हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाबाट सञ्चालित ललितपुर हार्ट क्लिनिकको सहयोगमा  ८५ जनाको मुटु तथा  सुगरको जाँच गरिएको थियो । त्यस अवसरमा विरामीहरुलाई नि:शुल्क औषधि वितरण गरिएको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. का कोषाध्यक्ष शान्तालक्ष्मी खड्डीले सहकारी सञ्जाललाई बताउनुभयो ।

Leave a Reply