ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा २ दिने वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धी तालिम सम्पन्न

0 Shares

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही साउन२३ र २४ गते  २ दिवसीय नि:शुल्क  वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण’ तालिम सम्पन्न भयो । ललितपुरको लगनखेलस्थित ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कार्यालयको सभाहलमा सम्पन्न सो तालिमको प्रशिक्षक कुवेर निरौलाले सहजीकरण गर्नु भएको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का व्यवस्थापक सन्तोष बजगाईले बताउनु भएको छ । सो संचका सदस्य साकोसहरुको प्रतिनिधिहरु सहभागी तालिममा वार्षिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु , रणनीतिक योजनाको कार्य ढाँचा , बजेट बनाउनु पूर्व विचार पु-याउनु पर्ने पक्षहरु , वार्षिक योजना र बजेटको सम्बन्ध जस्ता विषयबस्तुमा तालिम प्रदान गरिएको सो संघले जनाएको छ ।

तालिमका प्रशिक्षार्थीहरुलाई ललितपुर बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।  उक्त तालिमको समापनको अवसरमा बोल्दै सो संघका अध्यक्ष  बजगाईले यो तालिममा सिकेका कुराहरुलाई आफ्नो संस्थामा लागू गरी आगामी दिनमा यहाँ सिकेका सूचकहरुको प्रयोग गरी आफ्नो संस्थाको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सुझाव दिनु भयो । उहाँले  यस संघले आगामी दिनहरुमा बचत तथा ऋण सहकारी संस्थाहरुलाई आवश्यक पर्ने लेखा व्यवस्थापन , पल्स अनुगमन विधि , व्यवस्थापकीय क्षमता अभिवृद्धि , कर लगायतका विभिन्न विषयहरुमा  तालिमहरु सञ्चालन गर्दैै जाने वताउनुभयो । त्यस अवसरमा उक्त संघका सह-अध्यक्ष करुणारत्ने बज्राचार्य , व्यवस्थापक सन्तोष बजगाई लगायतले तालिमको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

Leave a Reply