बह्रत प्रतिफल बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा हिजो सम्पति शुद्धिकरण अभिमुखीकरण तालिम सम्पन्न

0 Shares

ललितपुरको चापागाँउ स्थित बहृत प्रतिफल बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजना र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि को समन्वयमा ललितपुरको लेलेमा रहेको कोट डाँडा  भ्याली भ्यू रिसोर्टमा एक दिवसीय सम्पत्ति शुद्धिकरण निवारण अभिमुखीकरण तालिम सम्पन्न भयो ।

सो तालिममा सहकारी संस्थाहरुले सम्पत्ति शुद्धीकरण विषयमा आफ्नो स्थानीय तहमा पेश गर्नुपर्ने प्रतिवेदनको तयारी सम्बन्धी विषयमा छलफल भएको बताइएको छ ।  उक्त तालिममा  बहृत प्रतिफल बहुउद्देश्यीय सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उप–समितिहरुका पदधिकारी तथा सदस्यहरु , प्रशिक्षक र नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि, का कर्मचारीहरु समेत गरी २३ जनाको सहभागीता रहेको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. ले जनाएको छ ।

Leave a Reply