भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा आ. व. २०७५/०७६ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा यही साउनस२४ गते शुक्रबार भक्तपुरको सूर्यविनायक रिसोर्टमा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
उक्त संघका सचिव जगन्नाथ प्रजापतीले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सम्पन्न गरेका कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभयो । त्यस अवसरमा संघका कोषाध्यक्षले आ.ब.२०७५/०७६ मा रु. ५७ करोड २८ लाखको वासलात सहित आर्थिक कारोवारको समीक्षा प्रस्तुत गर्नुभयो । सो संघका उपाध्यक्ष हरि बलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा त्यस संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्याय र व्यवस्थापक बालकृष्ण धोंजुले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा उक्त संघका सञ्चालक समिति , उप-समितिका पदाधिकारी र कर्मचारीहरु समेत गरी ३७ जनाको सभागिता रहेको थियो ।