चन्द्रागिरी साकोसले सञ्चालन ग-यो २ दिने व्यवसायिक साक्षरता तालिम

0 Shares

काठमाडौंको  चन्द्रागिरी नगरपालिकामा  समुदायमा आधारित भई सञ्चालन भइरहेको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि.ले यही साउन २५ र २६ गते आफ्ना सदस्यहरुलाई उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले २ दिवसीय व्यवसायिक साक्षरता तालिम  सञ्चालन गरेको छ ।  संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले उद्घाटन  गर्नु भएको तालिममा प्रशिक्षक सूर्यलक्ष्मी बज्राचार्यले व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत विषयबारे प्रयोगात्मक तरिकाबाट प्रशिक्षण दिनु भएको थियो । तालिममा उक्त संस्थाका सचिव योगेन्द्रकुमार कुँवर , कोषाध्यक्ष अच्युतकुमार कार्की , लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्र , सदस्य भानुप्रकाश ढकाल र कर्मचारीहरुका अतिरिक्त ३९ जना शेयर सदस्हहरुको सहभागिता रहेको सो संस्थाले जनाएको छ । सो तालिममा सहभागीहरुलाई उक्त संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्रले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । तालिमका सहभागीरुले व्यवसाय सञ्चालन गर्दा अवलम्बनगर्नु पर्ने महत्वपूर्ण विषय सो तालिमबाट सिकेको बताए ।

Leave a Reply