सहकारीलाई राजनीतिबाट मुक्त गरी यसलाई सवल र सक्षम बनाउन सबै सहकारीकर्मीहरुको योगदान हुन सकोस्

0 Shares

– बिभुशोन शाक्य , भूतपूर्व सञ्चालक , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. तथा    सचिव , बशुबर्ण बचत तथा ऋण सहकारी संस्था लि. , नागबहाल , ललितपुर

 

 

१. बसुबर्ण साकोसको गतिविधि के छ ?

~ बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक गतिविधि त छदैछ । यससँगै सामाजिक उत्तरदायित्व बहन गरी सदस्यहरुलाई भविष्यमा सुरक्षित हुने गरी सहकारी मार्फत जिम्मेवारी बहनको प्रत्याभूति हुने गरी कार्य भइरहेको छ । योसँगै यस सहकारीले स्थानीय युवा समुदायहरुलाई  लक्षित गरी सीपमूलक , रोजगारमूलक र व्यक्तित्व विकास सम्बन्धी कार्यक्रम र तालिमहरु गरिरहेका छ। यसै सन्दर्भमा  गएको जैठ महिनामा स्थानीय युवाहरुको लागि एक हप्ते उद्घोषण र नेतृत्व विकास तालिम यस सहकारीले आफ्नै भवनमा आयोजना ग-यो । जसमा २८ जना युवाहरू सहभागी हुनुहुन्थ्यो । यसैगरी जेष्ठ नागरिकहरुलाई लक्षित गरी  हिजोबाट साउन ३० गतेसम्म ४ दिने धार्मिक प्रवचन यहीँँ नागबहालको प्राङ्गडमा आयोजना गरिएको छ । यसमा दैनिक ४०० भन्दा बढी जेष्ठ नागरिकहरुको सहभागी भइरहेको छ ।

२. बसुबर्ण साकोसको शेयर सदस्य , शेयर पूँजी , निक्षेप र कर्जा लगानी कति छ ?

~ गएको अआर मसान्तसम्म बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य ७९५ जना , शेयर पूँजी रु.१करोड ७५ लाख ७१ हजार , बचत संकलन रु. १७ करोड ३६ लाख ४७ हजार ८ सय ६१ , कर्जा प्रवाह रु. १७ करोड २८ लाख ८४ हजार ६ सय र कूल कारोवार रु.२२ करोड जति छ ।

३. बसुबर्ण साकोसको सदस्य किन बन्ने नि ?

~  भविष्य सुरक्षित गर्नलाई  बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य बन्ने हो ।

४. तपाईहरु अरु के गर्दै हुनुहुन्छ ?

~ पाटन क्षेत्रभित्रको संस्कृति र सम्पदा संरक्षण गर्ने मुख्य उद्देश्यले ललितपुर महानगरपालिका भित्रका बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि. सहित १५ वटा सहकारी संस्थाहरु मिलेर ‘अन्तर सहकारी सुरक्षण कोष’  गठन भई सञ्चालन भइरहेको छ । त्यसलाई अझै बृहत रुपमा विस्तार गरी समाजप्रति सामाजिक व्यवसायिक उत्तरदायित्वको विस्तार गर्न बसुबर्ण  बचत तथा ऋण सहकारी संस्था लि.ले प्रयत्न गरिरहेको छ ।

५.   ललितपुर बचत तथा ऋण सहकारी संघ लि. लाई तपाईको कुनै सुझाव छ कि ?

~ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्ना सबै सदस्य संस्थाहरुको राम्रोसँग अनुगमन गरी सबै सदस्य संस्थाहरुको वित्तीय र अन्य अवस्थाको तथ्यांक संकलन गर्ने र आफ्ना सदस्य संस्थाहरुलाई जोखिम मुक्त बनाउने योजना तथा कार्यक्रम बनाएर लागू गर्ने प्रणालीको विकास गर्नु जरुरी छ ।

६. सहकारी मर्जरबारे तपाईको धारणा के छ ?

~ आजको दिनमा सहकारीको अवस्था हेर्दा  सहकारी – सहकारी बीच मर्जर हुनै पर्दछ किनभने सहकारीहरु बीचको मर्जरले सहकारीहरु बीचको अस्वस्थ प्रतिस्पर्धालाई रोक्नुको साथै सामाजिक विकास तथा राष्ट्रिय विकासको दायित्व बहन गर्न सक्ने अवस्था रहन्छ ।

७. नेफ्स्कूनको बारेमा चाहिँ तपाई के भन्नु हुन्छ ?

~ नेफ्स्कूनले गरिरहेको गतिविधि चित्त बुझ्दो छ । यसको गतिविधिमा ब्राण्डिङ्ग , मर्जर , तालिम , प्रशिक्षण लगायतका कार्यक्रमहरु  नियमित  भइरहेका छन् । यसबाट पाठ सिकेर नेफ्स्कूनका मातहत रहेका सबै सहकारी संघ/संस्थाहरुले जोखिममुक्त गतिविधि सञ्चालन गर्नु आवश्यक छ ।

८. कोपोमिस कार्यक्रमबारे तपाई भनाई के छ ?

~ कोपोमिस कार्यक्रम राम्रो छ । यसलाई सबै सहकारी संघ/संस्थाहरुमा नेपाल सरकारले अनिवार्य लागू गर्नु आवश्यक छ । जसले नेपालको सहकारीको अवस्थाबारे यथार्थ चित्रण गर्न सक्छ ।

९. सहकारी ऐन र नियमावलीबारे तपाई के भन्नुहुन्छ ”

~ सहकारी ऐन तथा नियमावली सहकारीमैत्री हुनु जरुरी छ ।

१०. अन्तमा केही भन्नु छ कि ?

~ सहकारीलाई राजनीतिबाट मुक्त गर्दै यसलाई सवल र सक्षम बनाउन सबै सहकारीकर्मीहरुको योगदान हुन सकोस् । जसले राष्ट्रको तीनखम्बे  अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

Leave a Reply