सरकारले सहकारीमैत्री नीति तथा नियम कानुन बनाएर लागू गरोस्

0 Shares

– राजन महर्जन , अध्यक्ष , चिबाहाल बचत तथा ऋण सहकारी संस्था लि. , सुनाकोठी ,ललितपुर

 

 

१.  चिबाहाल साकोसको गतिविधि के छ ?

~ चिबाहाल बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो नियमित गतिविधि गरिरहेको छ । साथै आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यक्रम निर्माण गरिरहेको छ ।

२. चिबाहाल साकोसको शेयर सदस्य , शेयर पूँजी , बचत संकलन , कर्जा प्रवाह र कुल कारोवार कति छ ?

~ २०६९ सालमा स्थापना भएको चिबाहाल बचत तथा ऋण सहकारी संस्था लि. को गएको असार मसान्तसम्म  शेयर सदस्य ३०० , शेयर पूँजी रु.५० लाख , बचत संकलन रु. डेड करोड , कर्जा लगानी रु. डेड करोड र कुल कारोवार रु. २ करोड छ ।

३. चिबाहाल साकोसले अरु के गर्दै छ नि ?

~ चिबाहाल बचत तथा ऋण सहकारी संस्था लि.ले हस्तकला सम्बन्धी काम गर्ने आफ्ना शेयर सदस्यहरुका हस्तकलाका सामान खरिद गरी विक्री गर्ने उद्देश्य अनुरुप काम भइरहेको छ । यसका लागि संस्थाको अध्यक्षको जिम्मेवारी अनुरुप मैले यसको लागि पहल गरिरहेको छु ।

४.   हस्तकला सम्बन्धी कुनै पसल पनि खोल्दै हुनुहुन्छ कि ?

~  म प्रोपराइटर बनेर यही साउन ९ गतेबाट ललितपुरको बंगलामुखी मन्दिर छेउमा राजन ह्याण्डिक्राफ्ट पसल शुरु भएको छ ।

यसमा विशेष गरी चिबाहाल बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यहरुका ह्याण्डिक्राफ्ट सामान तथा कलाकृतिहरुलाई उचित मुल्यमा खरीद गरेर उहाँहरुलाई हस्तकलाका सामान उत्पादनमा लाग्न उत्प्रेरित गर्ने , जसले  रोजगारी सृजना भई सदस्यहरुको आर्थिक अवस्था मजबुत हुने छ । साथै यस क्षेत्रमा लाग्न चाहने नव-प्रवेशीहरुलाई मूर्तिकला , ललितकला लगायतका हस्तकला सिकाउने यसको उद्देश्य रहेको छ ।

५. भर्खरै लागू गरिएको सहकारी सन्दर्भ व्याजदरबारे तपाई के भन्नुहुन्छ ?

~ यही साउन १९ गतेबाट लागू गरिएको सहकारी सन्दर्भ व्याजदरको ऋण लगानी अधिकतम सीमा १६ प्रतिशत लगाउने कार्यले सहकारी संस्था सञ्चालन गर्न गाह्रो  छ । त्यसैले यो विषयमा पुनर्विचार हुनु आवश्यक छ ।

६. कोपोमिसबारे तपाईको भनाई के छ ?

~कोपोमिस के हो मलाई थाहा जैन ।

७. सहकारी मर्जरबारे तपाई के भन्नुहुन्छ ?

~ सहकारी मर्जर आवश्यक हो तर अहिले कै अवस्थामा यो कार्यान्वयन गर्न गाह्रो छ । त्यसैले  सुविधा दिएर सहकारी मर्जर गर्नु राम्रो हुन्छ ।

८. अन्तमा केही भन्नु छ कि ”

~ सरकारले सहकारीमैत्री नीति तथा नियम कानुन बनाएर लागू गरी सहकारीको उत्थान हुने काम गरोस् ।

 

Leave a Reply