राष्ट्रिय सहकारी बैंक लि. , शाखा कार्यालय लगनखेलको आयोजनामा दुई दिने वार्षिक योजना तथा बजेट तर्जुमा तालिम सम्पन्न

राष्ट्रिय सहकारी बैंक लि. , शाखा कार्यालय लगनखेल , ललितपुरको आयोजनामा दुई दिवसीय बार्षिक योजना तथा बजेट तर्जुमा तालिम लगनखेलस्थित सञ्चय कोष भवनमा हिजो सम्पन्न भयो । राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय लगनखेलकी प्रमुख रमा घिमिरेले सञ्चालन गर्नु भएको सो तालिमलाई सहकारी क्षेेेेत्रका विज्ञ अनिलवीर बज्राचार्यले सहजीकरण गर्नु भएको थियो ।
उक्त तालिम समापनका अबसरमा बोल्दै सो बैंकका सञ्चालक रामहरि बजगाईले यो तालिममा सहभागी सहकारीकर्मीहरुले यस तालिमबाट सिकेको सीप , विधि र प्रक्रियाहरु पालना गरी आ- आफ्नो संस्थामा लागू गर्न आग्रह गर्नुभयो ।
उहाँले तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।
उक्त तालिममा ललितपुर जिल्लामा सञ्चालनमा रहेका विभिन्न सहकारी संघ/ संस्थाहरुका ३२ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुले सो तालिमबाट धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।