नेफ्स्कूनको ३२औँ स्थापना दिवसको अवसमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतद्वारा शुभकामना व्यक्त

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) आजबाट ३२औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा हिजो पनि नेफ्स्कूनका विभिन्न कार्यक्रमहरु भएका खबर प्राप्त भएका छन् भने आज पनि नेफ्स्कूनको केन्द्रीय कार्यालय तथा २६ वटै फिल्ड कार्यालयहरुले देशभर विभिन्न कार्यक्रमहरु आयोजना गर्ने नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले बताउनु भएको छ ।

नेफ्स्कून स्थापना भएको ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले शुभकामाना व्यक्त गर्नु भएको छ  । जो यस प्रकार छ ।

वि.सं. २०४५ साल श्रावण ३२ गते स्व. भोजराज घिमिरेको अध्यक्षतामा गठित तदर्थ समितिद्वारा स्थापित नेपाल बचत तथा ऋण संघको यात्राले आज ३२ औं बर्ष प्रवेश गरेको छ । नेफ्स्कूनको ३२ औं स्थापना दिवसको अवसरमा अभियानमा प्रत्यक्ष अप्रत्यक्ष जोडिनु भएका सहकारी र साकोसकर्मीहरुलाई हार्दिक बधाई एवम् शुभकामना सहित भविष्यमा थप सफलताको कामना गर्दछु । लामो र कठिन यात्रा पार गर्दै नेफ्स्कून यो परिपक्कताको अवस्थामा आइपुग्नुमा अग्रजहरुको योगादनको स्मरण गर्दछु । यस अवसरमा म समस्त सहकारीकर्मीहरुलाई सहकारीको सिद्धान्त , मूल्य , मान्यता र नियम कानुनको परिधिभित्र रहेर थप प्रभावकारी रुपमा अभियानलाई अघि बढाउने प्रेरणा जागृत होस भन्ने शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply