नेफ्स्कूनको ३२औँ स्थापना दिवसको अवसरमा विशेष समारोह सम्पन्न

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यमा हिजो काठमाडौौंमा आफ्नो ३२औँ  स्थापना दिवसको अवसरमा विशेष समारोह सञ्चालन ग-यो । नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षता र सचिव चन्द्रप्रसाद ढकालको सञ्चालनमा सम्पन्न सो समारोहको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले  उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्नु हुँदै मन्त्री अर्यालले सहकारी संस्थाहरुको व्याजदरमा एकरुपता कायम गर्न सहकारी ऐन , २०७४ तथा नियमावली , २०७५ अनुरुप सहकारीको सन्दर्भ व्याजदर कायम गरिएकोले आफ्ना संस्थाका सदस्यहरुको आवश्यकता र अपेक्षालाई ध्यान दिएर काम गर्न र सहकारीको सन्दर्भ व्याजदरको विषयमा गुनासोहरु भए तिनलाई लिएर फरक बाटोको खोजी गर्नुको सट्टा बहस र छलफलबाट समस्या समाधान गर्नु पर्नेमा जोड दिनु हुँदै सहकारी ऐन तथा नियमावलीमा आधारित भएर बनाइएका नियम र कार्यविधि कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । त्यस अवसरमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेफ्स्कूनको विगत , बर्तमान र भविष्यको मार्गनिर्देशन लगायतका विषयबस्तु सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त समारोहका राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष केशवप्रसाद बडाल , नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड , नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष तथा भूतपूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे , नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता पशुपति चौलागाई ,  भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली , राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल , नेफ्स्कूनका भूतपूर्व अध्यक्ष मीनराज कँडेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस अवसरमा उक्त समारोहका अध्यक्ष बस्नेतले सहकारी अभियानका अग्रजहरु र भूतपूर्व कर्मचारीहरुको निरन्तर साथ र सहयोगले सहकारी अभियानको उचाइमा थप बल पुगिरहेको बताउनुभयो ।

त्यस अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा सहकारी विभागका कर्मचारीहरु तथा राष्ट्रिय सहकारी महासंघ लि. , राष्ट्रिय सहकारी बैंक लि. , विभिन्न विषयगत केन्द्रीय सहकारी संघहरुका अध्यक्ष तथा प्रतिनिधिहरु , नेफ्स्कूनका पदाधिकारी , सञ्चालक सदस्यहरु , लेखा समिति सदस्य , भूतपूर्व सञ्चालकहरु, कर्मचारीहरु , विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधिहरु तथा पत्रकारहरु एवं वित्तीय संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

वि.सं. २०४५ साल श्रावण ३२ गते स्व. भोजराज घिमिरेको अध्यक्षतामा गठन भएको नेपाल बचत तथा ऋण संघको यात्राले आज ३२ औं बर्षमा प्रवेश गरेको छ ।

उक्त अवसरमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले सहकारी अभियानका अग्रजहरुको स्मरण गर्दै नेफ्स्कून उत्कृष्ट सहकारी संघ/संस्था तथा व्यक्ति सम्मान तथा पुरष्कारको घोषणा गर्नुभएको थियो । सो पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्ति तथा संघ/संस्थाहरु निम्नानुसार छन् ।

क. संस्थापक अध्यक्ष पुरस्कार प्राप्त गर्ने महिलामा ज्ञानु पौडेल , रुपन्देही र
पुरुषमा रामहरि के.सी. ,काभ्रेपलाञ्चोक

ख.  नेफ्स्कून सर्वोत्कृष्ट साकोस :
१ कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.  ललितपुर
२. सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. , मकवानपुर
ग. नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस :
१. प्रदेश नं. १ बाट  सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था लि. , मोरङ्ग

२. प्रदेश नं. २ बाट नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. , सर्लाही
३. प्रदेश नं. ३ बाट नवजागरण बचत तथा ऋण सहकारी संस्था लि. , मन्थली , रामेछाप
४. गण्डकी प्रदेशबाट रोयल बचत तथा ऋण सहकारी संस्था लि. , पोखरा , कास्की
५ . प्रदेश नं. ५ बाट सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही
६. कर्णाली प्रदेशबाट वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. , सुर्खेत
७.  सुदूरपश्चिम प्रदेशबाट जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लि. , वैतडी
घ. नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान :
महिला – हुमा डि.सी. , दाङ
पुरुष – सुवर्णकुमार कर्माचार्य , काठमाडौं

ङ. उत्कृष्ट जिल्ला वचत तथा ऋण सहकारी संघ :
बारा जिल्ला वचत तथा ऋण सहकारी  संघ लि.

च. नेफ्स्कून विद्धता पुरस्कार :
लीलाधर तिवारी , पी.एच.डि , सुर्खेत

छ. नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कार :
Centre for International Cooperation and Training in Agricultural Banking (CICTAB) – ( सिक्ट्याब, भारत)

ज. नेफ्स्कून पत्रकारिता पुरस्कार :
कृष्णचन्द्र वस्नेत , क्लासिक एफ.एम. , ललितपुर

झ. नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कार :
कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लि. , रुपन्देहीका व्यवस्थापक  विनोद पराजुली र
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कर्मचारी मनोज कार्की

ञ. नेफ्स्कून प्रशंसा पुरस्कार :
लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. , नेकोस प्लस सफ्टवेयर , बेलबारी , मोरङ् ,

उत्कृष्ट बचतकर्ता –  जनकल्याण साकोस लमजुङ

उत्कृष्ट शेयर खरिदकर्ता – सामूदायिक बचत ऋण सहकारी संस्था लि. , काभ्रेपलाञ्चोक

उत्कृष्ट सेयर खरिकर्ता :

उत्कृष्ट लघुवित्त -ज्योति मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि. , काभ्रेपलाञ्चोक
ट. अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोगमा उत्कृष्ट  :

विकु बचत तथा ऋण सहकारी संस्था लि. , नवलपरासी

ठ. साकोस एकिकरण अभियानमा उत्कृष्ट :
मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. , चरिकोट , दोलखा

 

 

 

Leave a Reply