राष्ट्रिय बाणिज्य बैंक लि.ले ग-यो १४ शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लि. ले आफ्ना १४ वटा नयाँ शाखा बिस्तार गरेको छ । ती नयाँ शाखाहरुको नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल प्रलिधिबाट हिजो एक समारोहका बीच उद्घाटन गर्नुभयो । राष्ट्रिय वाणिज्य बैंक लि. सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतातमा भएको सो समारोहमा अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लि.ले उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति तथा कार्यक्रमलाई सफल बनाउन राष्ट्रीय वाणिज्य बैंक लि. खरो रुपमा उत्रनु पर्ने बताउनुभयो।
राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष गुरुङ्गले सिमित स्रोत साधनमा पनि यस राष्ट्रिय वाणिज्य बैक लि.ले उत्कृष्ट सेवा प्रदान गरी राम्रो मुनाफा आर्जन गरेको बताउनुभयो । त्यसैगरी सो
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ्ग प्रविधिलाई आत्मासाथ गरि समग्र बैंकको सुदृढिकरणको लागि अभियानको रुपमा कार्य गरिरहेको छ भन्नुभयो ।
हिजो उद्घाटन गरिएका सो बैंककग नयाँ शाखा कार्यालयहरुमा काठमाडौंको कोटेश्वर र टोखा , मोरङ्गको कर्सिया बजार , झापाको चकचकी , गुल्मीको पूर्तिघाट , कपिलबस्तुको चन्द्रौटा , तनहुँँको खैरेनीटार , महोत्तरीको पिपरा र बलवाबजार , नवलपुरको देवचुली , दाङ्गको घोराही , चन्द्रनिगाहपुर, पर्साको पोखरीयाबजार र मककवानपुरको भीमफेदी भीमफेदी रहेका छन् । थप १४ वटा नयाँ शाखा विस्तार भएसँगै सो बैंकका देशभरका ७७ वटै जिल्लाका शाखा संख्या २३६ , एटीएम (ATM) सेवा १७८ र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा ९४ वटा रहेको र ३१ लाख ग्राहकहरुले सो बैंकबाट सेवा लिइरहेको उक्त बैंकले जनाएको छ ।
गएको असार मसान्तसम्म सो बैंकले रु. ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको सो बैंकको निक्षेप रु. १ खर्ब ९० अर्ब , कर्जा प्रवाह रु. १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५/५० प्रतिशत रहेको बताइएको छ।