सुप्रिम साकोसको ९औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुरको महालक्ष्मीस्थानमा रहेको आफ्नै  सुविधा सम्पन्न भवनबाट आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा २०७६ साउन ३२ गते ललितपुरको मानभवनस्थित क्रिष्टल वैङ्क्वेटमा सो संस्थाका जेष्ठ सदस्य वाशुदेवप्रसाद लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष शिवदीप लोहनीको अध्यक्षतामा सम्पन्न सो साधारणसभालाई सम्बोधन गर्नु हुँदै जिल्ला सहकारी संघ लि. , ललितपुरका सञ्चालक सदस्य शशिधर पोखरेलले”यस सुप्रिम साकोसले स्थापना भएको छोटो समयमा धेरै प्रगति गरिरहेको देख्ता आफूलाई खुशी लागेको बताउदै सदस्यहरुले बचत गर्ने बानी विकास गरी  निर्धक्क भएर यस संस्थामा कारोवार गर्नुस् । जसले  यस संस्थामा कारोवार गरिरहनु भएको छ , उहाँहरुले कारोवार बृद्धि गर्नुस्” गर्नुभयो ।

उहाँले राज्यले सहकारीमैत्री ऐन / नियम बनाउनु पर्ने खाँचो औल्याउनुभयो । त्यस अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक सदस्य रामहरि बजगाईले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.ले गरिरहेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै राम्रोसँग बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरुलाई  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आवश्यक सहयोग गर्ने बताउनुभयो ।  उहाँले सहकारी संस्थामा नेतृत्व विकास र नेतृत्व हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । सो साधारणसभाको अध्यक्ष शिवदीप लोहनीले सो अवसरमा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नु हुँदै समुदायमा रही संस्थाका सदस्यहरुलाई मितव्ययीताको भावना जागृत गराई नियमित रुपले बचत गर्ने बानीको विकास गर्ने , सदस्यहरुको व्यक्तिगत एवं सामूहिक क्षमता अभिबृद्धि गरी  स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु-याउने , सदस्यहरुको आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवर्द्धन गरी छरिएर रहेको पूँजीको उपयोग बढाई सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार गर्ने उद्देश्यले  २०६७ साल असार २० गते स्थापना भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. ले  यसबेला ललितपुरको महालक्ष्मीस्थानमा मुख्य कार्यालयका साथै काठमाडौं महानगरपालिका -९ , पुरानो बानेश्वर (बत्तीसपुतली) र भक्तपुरको मध्यपुर थिमि नगरपालिका -३ , कौशलटारमा सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा ९६८ जना सदस्य , रु. ५,२६,५५,००० शेयर पूँजी  , रु. २२,२०,५८,९४०/६७ निक्षेप संकलन , रु.२०,६९,४४, ४९०/३८ कर्जा लगानी  , कुल रु.४,९४,२४,००० कुल आम्दानी , रु. ४,२४,०२,००० कुल खर्च र  रु.७०,२२,४०० कुल नाफा रहेको र आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा १,५०० शेयर सदस्य , रु. ६,००,००,००० शेयर पूँजी , रु. ५०,००,००,००० बचत  र रु. ५०,००,००,००० कर्जा कर्जा लगानी पु-याउने लक्ष्य रहेको बताउनुभयो ।

सो अवसरमा सो संस्थाका उत्कृष्ट बचतकर्ता श्रीमती पिङ्गला सिंह महर्जन , उत्कृष्ट ऋणी  विकाश बोम्जन , उत्कष्ट नावालक बचतकर्ता कृतार्थ लोहनी , संरक्षक श्रीमती सुधा खनाललाई सम्मान गर्नुका साथै  उत्कृष्ट अंक ल्याई कक्षा १२ उत्तीर्ण गर्ने संस्थाका सदस्यहरुका छोराछोरीहरु मध्ये सो संस्थाकी सदस्य श्रीमती अलपा शर्माकी सुपुत्री अपूर्वा दाहाल र सदस्य श्रीमती नियोजना ढुङ्गेलका सपुत्र संयोग अधिकारीलाई नगद पुरस्कार र प्रमाण-पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

 

 

Leave a Reply