आफ्नो १९औँ स्थापना दिवसको अवसरमा कर्मणा साकोसले ग-यो रक्तदान कार्यक्रम

0 Shares

ललितपुरको सातदौबाटोमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको सातदोबाटो स्थित ललितपुर पार्टी प्यालेसमा सम्पन्न सो रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।

“आफ्नो स्थापना दिवसको अवसरमा हरेक बर्ष हाम्रो ‘कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.’ ले रक्तदान कार्यक्रम गर्दै आएको छ” सो संस्थाका अध्यक्ष  कृष्णबहादुर महतले सहकारी सञ्जाललाई बताउनुभयो ।

Leave a Reply