राष्ट्रिय सहकारी बैंक लि. को सहयोग र गुणकेरा कृषि सहकारी संस्था लि.को आयोजनामा सहजीकरण कार्यक्रम सम्पन्न

0 Shares

राष्ट्रिय सहकारी बैंक लि. को प्राविधिक सहयोग र  ललितपुरको हरिसिद्धीमा रहेको गुणकेरा कृषि सहकारी संस्था लि. आयोजनामा यही भदौ ५ गते  १ दिवसीय सहजीकरण कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. , शाखा कार्यालय , लगनखेलकी प्रमुख रमा घिमिरेले ‘सहकारीमा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका काम कर्तव्य अधिकार तथा संस्थाको वार्षिक योजना तर्जुमा’ विषयमा सहजीकरण गर्नुभएको जानकारी प्राप्त भएको छ । उक्त कार्यक्रममा आयोजक गुणकेरा कृषि सहकारी संस्था लि. सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति पधाधिकारीहरु लगायतयको सहभागिता रहेको थियो |

Leave a Reply