नेफ्स्कूनको लगनखेल फिल्ड कार्यालयद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न , ललितपुरका तीनवटा उत्कृष्ट साकोसहरु सम्मानित

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को ३२औँ स्थापना दिवसको अवसरमा नेफ्सकूनको ललितपुर फिल्ड कार्यालय , लगनखेलको आयोजना र  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा भूतपूर्व मन्त्री एवम सांसद पम्फा भुषालको प्रमुख आतिथ्यमा यही मदौ ५ गते अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । सो अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि भुषालले सहकारी क्षेत्र र त्यसमा पनि बचत तथा ऋण सहकारीहरुले वित्तीय क्षेत्रमा महत्ववपूर्ण योगदान गरिरहेको बताउदै सहकारी ऐन , २०७४ लाई सहकारी मैत्री बनाउनको लागि सहकारी अभियन्ताहरुले उठाएका जायज मुद्धालाई संशोधन गर्ने विषयमा संघीय संसदमा लबिङ गर्न आफू तयार रहेको बताउनुभयो । केही सहकारीहरुले बद्मासी गरेको भनेेर सबै सहकारीहरुलाई एउटै आँखाले हेर्न नहुनेमा जोड दिदै उहाँले सहकारी क्षेत्रका समस्या समाधानको लागि आफूले पहल गर्न प्रतिबद्ध रहेेेकोको र उक्त ऐनमा सुधार गर्न कसैले पनि कञ्जुँस्याई गर्न हुदैन भन्नुभयो ।

सो अवसरमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले ललितपुर जिल्लाको साकोस अभियान व्यवस्थित र अनुशासित ढंंगबाट अगाडि बढिरहेको बताउदै कानूनी जटिलताका बीच पनि साकोसहरु नीति, विधि र प्रविधिबाट सञ्चालन भइरहेको बताउनुभयो । सहकारीमार्फत वृद्ध भत्ता र पेन्सन वितरण गर्न तथा कृषि सहित उत्पादन मूलक क्षेत्रमा लगानीको लागि अवसर प्रदान गर्न माग गरेपनि त्यसको सुनुवाई भएको छैैैन बरु सरकारी सुविधाबाट बञ्चित हुँदाहुँदै पनि सहकारीहरुले  बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्नु परिरहेको उहाँको भनाई थियो। अरु देशहरुमा वित्तीय कारोवार गर्ने सहकारीलाई केन्द्रीय बैंकले अनुगमन गर्ने गरेको देखिएको र हाम्रोमा पनि त्यो  आवश्यकता रहेको उहाँको कथन थियो ।

नेफ्स्कूनका सञ्चालक तथा नेफ्स्कून लगनखेल फिल्ड कार्यालय उप-समिति संयोजक नानीकाजी शाक्यको अध्यक्षतामा सम्पन्न सो अन्तर्क्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले पूर्वाधारको विकास गर्ने , नयाँ सूचना प्रविधि ल्याउने र एकीकृत कारोबार सञ्जालीकृत गराउने दिशामा काम गरिरहेको नेेेफ्स्कूनले आफ्ना सदस्य साकोसहरुलाई गर्न सकिने सबै खाले सहयोग गर्न तयार रहेको बताउदै साकोसहरुले उच्च प्रविधिको अवलम्बन गरी सदस्यहरुमा  प्रभावकारी ढंगबाट वित्तीय सेवा पु-याउनु पर्ने खाँचो औंल्याउनुभयो ।

त्यस अवसरमा नेफ्स्कूनका सञ्चालक तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) का अध्यक्ष दीपक पनेरु , राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाई र लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष दुर्गाभक्त धमलाले देशभर सञ्चालन भइरहेको वित्तीय कारोवारमा नेफ्स्कूनको योगदान महत्वपूर्ण रहेको बताउनु भएको थियो । उक्त अवसरमा नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले सन्दर्भ ब्याजदर , स्थिरीकरण कोष र बचत तथा ऋण सहकारीहरुको छुट्टै ‘साकोस ऐन’को मस्यौदा’ लगायत समसामयिक विषय सहितको नेफ्स्कूनको ‘विगत , बर्तमान कार्ययोजना र भावी रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सहकारी अभियन्ता तथा सहकारीकर्मीहरुको व्यापक उपस्थिति रहेको सो अन्तर्क्रिया कार्यक्रममा ललितपुर जिल्ला भर उत्कृष्ट बचत कारोबार गर्ने रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. , हकबहाल , उत्कृष्ट ऋण कारोबार गर्ने हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लि. , प्रयागपोखरी र उत्कृष्ट सेयर कारोबार गर्ने नवयुवा बचत तथा ऋण सहकारी संस्था लि. , मिखाबहाललाई उत्तरोतर प्रगतिको कामना सहित सम्मानित गरिएको थियो ।

साउन ३२ गते ललितपुर जिल्लामा मतियाँ पर्व मनााएका कारण सो दिनको सट्टा भदौ ५ गते नेेफ्स्कूनको ३२औँ स्थापना दिवसको अवसरमा नेफ्स्कूनको लगनखेल फिल्ड कार्यालयले सो अन्तर्क्रिया आयोजना गरेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

Leave a Reply