हेटौंडा साकोसको आयोजनामा तीजको अवसरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0 Shares

मकवानपुरको हेटौंडा उप-महानगरपालिका – ७ , नागस्वतीमा आफ्नै भवनबाट सञ्चालन भइरहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा हरितालिका तीजको अवसरमा हिजो सो संस्थाको प्राङ्गडमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको प्रमुख आतिथ्यता र सोही संस्थाकी महिला उप-समिति संयोजक पार्वती ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीजमा हराउदै गइरहेको मौलिकताको संरक्षण तथा तीजको नाममा हुने विकृति रोक्ने उद्देश्यले सो कार्यक्रम भएको हेटौंडाबाट प्राप्त खबरमा जनाइएको छ । २,८०० महिला शेयर सदस्य रहेको सो संस्थाले तीज कार्यक्रमको अवसरमा यस वर्ष रमा दाहाल , सुमित्रा पाण्डे र बिन्दु बस्नेतलाई उत्कृष्ट बचतकर्ताको रुपमा पुरस्कृत गरियो । त्यस संस्थाका उपाध्यक्ष सावित्री अधिकारी , सचिव रामजीप्रसाद पौडेल , कोषाध्यक्ष विजयबहादुर बस्नेत सहित ठूलो संख्यामा उक्त संंस्थाका सदस्यहरुको सहभागिता  रहेको थियो । उक्त कार्यक्रममा मौलिक तिज गीतहरु प्रस्तुत गरिएको थियो ।

 

 

Leave a Reply