पारिजात साकोस , कटुञ्जेद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका – ५ , कटुञ्जेमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ११ औँँ स्थापना दिवसको अवसरमा हिजो आफ्नै नवनिर्मित भवनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न ग-यो ।
त्यस अवसरमा उक्त संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरु , शेयर सदस्य तथा कर्मचारीहरु लगायतका ७५ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको र रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।