अनिवार्य साकोसको १०औँ वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि.का संंस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा आज अनिवार्य बचत तथा ऋण सहकारी संस्था लि. , काठमाडौको १० औ बार्षिक साधारणसभा सम्पन्न भयो । अनिवार्य बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंका अध्यक्ष गणेशप्रसाद सेंढाईको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको भव्य समारोहका बीच प्रमुख अतिथि बास्कोटाले उद्घाटन गर्नुभयो । उहाँले आफ्नो उद्घाटन मन्तव्य व्यक्त गर्दै सहकारी भनेको बैक तथा बित्तीय संस्था जस्तो नभई फरक खालको सामुदायिक बित्तीय सेवा या सामूदायिक व्यवसाय हो भन्दै २०४६ सालको जनान्दोलनबाट देशमा बहुदल आएपछि सहकारी ऐन ,२०४८ र सहकारी नियमावली ,२०४९ जारी गरी तत्कालीन सरकारले राष्ट्रिय सहकारी बिकास बोर्ड गठन गरेपछि त्यसको पहिलो अध्यक्षको रुपमा पदभार ग्रहण गरी आफूले काम गर्ने अवसर पाएको बताउनुभयो । आई. एल. ओ.को सहयोगमा त्यतिखेर ५० जना नेपाली सहकारीकर्मीहरुलाई भारत भ्रमण गराई त्यहाँको सहकारी क्षेत्रको अध्ययन /अवलोकन गराएको र त्यहाँबाट स्वदेश फर्केपछि उनीहरु नेपाली समाजको विकासमा सहकारी अभियानको विकल्प छैन भन्ने तथ्यसहित तर्क गर्न सक्ने भएको उहाँको भनाई थियो । सो अवसरमा जिल्ला सहकारी संघ लि. , काठमाडौ का अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारी ऐन २०७४ र सहकारी नियमावली , २०७५ मा व्यवस्था भएका धेरै दफालाई कार्यान्वयन गर्न छाडेर अघिल्लो महिना सहकारी सन्दर्भ व्याजदर समितिले निर्धारण गरी कार्यान्वयन गरेको सहकारी सन्दर्भ व्याज दर अत्यन्त असान्दर्भिक भएको बताउदै सहकारी सन्दर्भ व्याजदर सहकारी संघ/संस्थाहरुको मर्म र भावना अनुरुप परिमार्जन नगरिए जिल्ला सहकारी संघ लि. , काठमाडौं सहकारी सन्दर्भ व्याजदर परिमार्जनको लागि आन्दोलन गर्ने मनस्थितिमा रहेको उहाँको कथन थियो । त्यस अवसरमा काठमाडौ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले काठमाडौं महानगरपालिका अन्तर्गत १,८४८ सहकारी संस्था रहेकोमा ९ सय सहकारी संस्थाहरुले मात्र अद्याबधि गरेको र त्यसमा पनि २०० जति सहकारी संस्थाहरु झोलामै सीमित रहे जस्तो देखिएको छ भन्नुभयो । सहकारी संस्था बिशुद्ध सेवामुखी हुनुपर्नेमा जोड दिदै सहकारी एकीकरणलाई तिब्र रुपमा अगाडि बढाई १,८४८ वाट ९०० मा झार्ने काठमाडौं महानगरपालिकाको चाहना रहेको उहाँको भनाई थियो । सोही अवसरमा राष्ट्रिय सहकारी बैक लि. न्यूरोड शाखाका प्रबन्धक केदार उप्रेतीले सो संस्थाले गरेको प्रगति देख्ता आफूलाई खुशी लागेको बताउनुभयो ।
त्यस अवसरमा उक्त साधारणसभाका अध्यक्ष ढकालले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिक बर्ष२०७५/०७६ मा यस अनिवार्य बचत तथा ऋण सहकारी संस्था लि. को शेयरपूँजी रु. १ करोड ४२ लाख ६४ हजार , बचत संकलन रु. ३ करोड ३७ लाख ५९ हजार तथा कूल कारोवार रु. ५ करोड ३५ लाख ६७ हजार रहेको बताउनुभयो । यस संंस्थाले सदस्य हितका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा यसलाई परिमार्जन गरी थप प्रभावकारी ढंगबाट सञ्चालन गर्ने लक्ष्य रहेको । उहाँले अघिल्लो महिना कार्यान्वयनमख आएको सहकारी सन्दर्भ व्याजदरको कारण संस्थाको सञ्चालनमा अन्यौल रहेको बताउनुभयो।
उक्त अवसरमा सो संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरु हरि रौनियार , खडानन्द तिवारी र नवराज खड्कालाई उपहार प्रदान गर्नुका साथै सम्मान गरिएको थियो वितरण गरिएको सो सभाको संचालन उक्त संस्थाका प्रबन्धक हरि ज्ञवालीले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।